Headline

रशिदको बलिङ बिर्सनुहोस् । अब म नै नम्बर एक हो : सन्दिप लामिछाने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले आफु नै नम्बर एक बलर रहेको बताएका छन् ।

आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालमा आयोजना भएको अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक खेलमा नेपालले आफ्नो अन्तिम खेलमा आज विश्व किर्तिमान सहित अमेरिकालाई पराजित गर्यो ।

खेल पछि पत्रकारसँगको कुराकानीमा सन्दिपले अहिलेको लागि अफगानिस्तानका लेग स्पिनर रशिद खानलाई बिर्सनुहोस् म नै नम्बर एक हो भनेका हुन् । एक पत्रकारले सन्दिपलाई भने, ‘ अफगानिस्तानका रशिद खानले एसोसियट्सबाट खेल्दै वेस्ट इण्डिज बिरुद्ध सात विकेट लिएका थिए । रशिद खान पछि एकै खेलमा बढी विकेट लिने खेलाडी बन्नु भएको छ । के छ यसमा भन्नु ।’ उक्त प्रश्न मात्र के सकिएको थियो सन्दिपले उत्तर दिइ हाले, ‘रशिद खान अहिले टेस्ट बलर हुन् । त्यसैले उनको प्रदर्शन बिर्सनुहोस् । अब म नै हो नम्बर एक बलर ।’

हेर्नुहोस् पुरा भिडियो

Click to comment

Trending