Headline

नेपालमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा कोरोना भाइरसको संकट

Published

on

फेब्रुवरी अन्तिम साता नेपालमा हुने भनिएको चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय फुटबलमा पनि कोरोना भाइरसको संकट लागेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजना र अखिल नेपाल फुटबल संघको सहयोगमा दशरथ रंगशालामा फागुन १४ देखि २४ गतेसम्म प्रतियोगिता हुन गइरहेको हो । प्रतियोगिताका लागि पाकिस्तान र मरिसस आउने निश्चित भइसकेको छ ।

तर कोरोना भाइरसको संक्रमण एसियामा फैलदै गएको स्थितिमा प्रतियोगिता हुने नहुने अझै पनि टुँगो लागिसकेको छैन, एन्फाका एक पदाधिकारी विस्पोर्टजलाई जानकारी दिएका छन्

प्रतियोगिताका लागि चौथोँ टोलीका रुपमा कुन राष्ट्र आउने भन्ने अझै पनि निश्चित भइसकेको छैन । १३ औं दक्षिण एसियाली खेलकुद यता दशरथ रङशालामा फेरी अन्तरराष्ट्रिय फुटबल फर्काउने तयारीमा रहेको एन्फाको योजनामा ठुलो धक्का लाग्ने देखिएको छ ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेसँग खेल्ने नेपाललाई यो प्रतियोगिताले खेलाडीहरु को मनोबल उच्च बनाउने अपेक्षा राखिएको छ ।

Click to comment

Trending