Headline

सन्दिप, भारीको अद्वितीय बलिङ्ग, अमेरिका एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सानो योगफलमा समेटियो

Published

on

लेग स्पिनर सन्दिप लामिछानेले ६ र बाया हाते स्पिनर सुशन भारीले चार विकेट लिएपछि नेपालले अमेरिकालाई आईसिसि क्रिकेट बिश्वकप लिग टुमा एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सानो योगफलमा समेटेको छ ।

अमेरिका १२ ओभरमा ३५ रनमै समेटिन पुग्यो । यसअघि सन् २००४ मा जिम्बाब्वे श्रीलंकासँग ३५ रनमै समेटिएको थियो । जिम्बाब्वे १८ ओभरमा अल आउट भएको थियो ।

किर्तिमानले भरिपूर्ण खेलमा सन्दिपले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय कै सबैभन्दा सफल बलिङ्ग प्रदर्शन गरे । सन्दिपले ६ ओभरमा १६ रन खर्चदै ६ विकेट लिएका थिए । यस्तै भारीले तीन ओभरमा पाँच रन खर्चदै चार विकेट लिए ।

अमेरिकाको लागि ओपनर जेभियर मार्सलले सर्वाधिक १६ रन बनाएका थिए । सन्दिपले गरेको १२ औं ओभरमा अक्षय होमराजको ब्याटबाट विकेट किपर बिनोद भण्डारीको खुट्टामुनि बाट चौका गएको थियो । त्यो बल चौका नगएको खण्डमा अमेरिकाकै योगफल सबैभन्दा न्युनतम हुने थियो । खेलमा नेपालले प्रयोग गरेका करण केसी एकमात्र तेश्रो बलर रहेका थिए ।

Click to comment

Trending