Headline

थ्रिस्टारको एनआरटी माथी शंघर्षपूर्ण जित

Published

on

शहिद स्मारक ए डिभिजन लिगमा थ्रि स्टारले एनआरटीलाई १-०ले हराएको छ।

सात्दोबाटो स्थित अन्फा कम्प्लेक्स को मैदान मा भएको खेलमा थ्रिस्टारका लागि दिपेश घलेले ७७ औँ मिनेटमा गोल गरेका थिए।

खेलको ५ औँ मिनेटमा नै पहिलो आक्रमण गरेको एनआरटीका जोर्डन ओवनाको प्रहारलाई थ्री स्टारका गोलकिपर प्रिसो नजङाले उत्कृष्ट बचाउ गरे।
१८ औँ मिनेटमा भने अनन्त तमाङले दिएको लामो पासालाई सुसिल राइले पोस्टको दिशा दिन नसक्दा थ्रि स्टार आग्रता लिना चुकेको थियो।

३० औँ मिनेटमा फेरी पनि एनआरटीका सकन रेग्मीको उत्कृष्ट प्रहारलाई बचाउने क्रममा प्रिसो फेरी एआरटीका लागि बाधक बन्न पुगेका थिए। ४०औँ मिनेटमा एनआरटीले पाएको फ्रिकिक्कलाई सदुपयोग गर्न सकेन।

दोस्रो हाफको तेस्रो मिनेटमा मिक्चेन तमाङले ‘वान भर्सेस वान’को स्थितिमा चुक्न पुगेका थिए। ७७ औँ मिनेटमा भने सुसिल राइका स्थानमा आएका दिपेश घलेले उत्कृष्ट गोल गर्दै थ्रि स्टारलाई आग्रता दिलाउन सफल भएका थिए।

जित सँगै थ्री स्टार केही समयका लागि अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ। लिगमा हुने अन्तिम खेलमा थ्री स्टारले च्यासल युथ क्लबसँग खेल्ने छ।

Click to comment

Trending