Headline

साबित्राले दुई गोल गरेपछि गोकुलम भारतीय महिला लिगको फाइनलमा

Published

on

नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुई गोल गरेपछि गोकुलम केरला एफसि सेथु एफसीलाई पराजित गर्दै भारतीय महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।

साबित्राले दुई गोल गर्दा सेथु ३–० ले पराजित भयो । सेथुबाट अर्की नेपाली फुटबल अनिता बस्नेत खेलेकी थिइन् । साबित्राले ४४ औं र ८४ औं मिनेटमा गोल गरेकी थिइन् । लिगमा साबित्राले अहिलेसम्म १५ गोल गरिसकेकी छिन् ।

उपाधिका लागि गोकुलमले अब क्रिफ्साको सामना गर्नेछ । क्रिफ्साले अर्को सेमिफाइनलमा केंक्रेलाई ३–१ ले हराएको थियो । क्रिफ्सा समुह ए को बिजेता रहेको थियो भने साबित्राले लिग दौरान नै उत्कृष्ट प्रदर्शन गर्दा गोकुलम समुह बी को बिजेता बनेको थियो ।

दुवै टोलीलले समुह चरणका पाँच वटै खेलहरुमा जित हात पारेका थिए । अनिताको सेथु लिग चरणमा क्रिफ्सासँगै हार्न पुगेको थियो ।

Click to comment

Trending