Headline

मच्छिन्द्रको अर्को जित, सरस्वती बि डिभिजनमा रेलिगेट

Published

on

संकटा क्लबलाई ३–१ ले पराजित गर्दै मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधितर्फ अन्तिम कदम बढाएको छ ।

देवेन्द्र तामाङ, बिशाल राई बी र दिपक राइले गोल गरेपछि मच्छिन्द्र शिर्ष स्थानमा उक्लन सफल हुदै लिगको अन्तिम दिन त्रिभुवन आर्मी क्लबबिरुद्धको खेल नै फाइनल सरह हुन तय गरेको छ । एक खेल बाकी हुँदा मच्छिन्द्रको २८ अंक रहेको छ भने दुई खेल बाकी रहेको आर्मीको २६ अंक छ ।

आर्मीले मङ्गलवारको खेलमा ब्रिगेड बोइज क्लबको सामना गर्नेछ । आर्मी पराजित भएपनि दुई टिमबीच अन्तिम दिन हुने खेलले नै लिग च्याम्पियनको निर्धारण गर्नेछ । दुई खेल बाकी रहेको मनाङ मस्र्याङ्गदी क्लब २२ अंकका साथ तेश्रो स्थानमा रहेको छ भने गणितीय हिसाबमा अभैm पनि उपाधि होडमा कायम नै रहेको छ ।

सोमबारको अन्तिम खेलमा मच्छिन्द्रले ४४ औं मिनेटमा अग्रता लिएको थियो । रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडरमार्फत सुन्दर गोल गरेका थिए । बिशालले ६४ औं मिनेटमा फ्रि किक मार्फत गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाए । ८२ औं मिनेटमा दिपकले रञ्जितकै पासमा गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए ।

संकटाका लागि एक मात्र गोल ८९ औं मिनेटमा ओसुके ओलोमुले गरेका थिए । हारपछि संकटा १५ अंकसहित ८ औं स्थानमा कायमै रहेको छ ।

यसअघि दिनको दोश्रो खेलमा जापानी खेलाडी ताइगा नाकामुरा र हायातो वाकिमोले एक–एक गोल गरेपछि सरस्वति युवा क्लब च्यासल युथ क्लबसँग २–१ ले पराजित हुदै बि डिभिजनमा रेलिगेट भएको थियो । एक खेल बाकी रहेको सरस्वतीको चार अंक रहेको छ ।

दिनको पहिलो खेलमा नेपाल एपिएफ क्लबले फ्रेण्ड्स क्लबलाई ५–२ ले हराएपछि सरस्वती माथि रेलिगेसनको खतरा बढेको थियो । एपिएफको ८ अंक रहेको छ भने सरस्वतीको चार ।

Click to comment

Trending