Headline

फ्रेन्ड्सको एपीएफसँग लजास्पद हार

Published

on

 

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २ -२ गोल गरे । यस्तै कप्तान टोप बहादुर बिष्टले थप एक गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।खेलको ९६ औं मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाए । ७६ औं मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३-२ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल्मा थपिएको ५ मिनेटको इन्जुरी समयमा एपीएफले लगातार दुई गोल गर्यो । इन्जुरी समयको चौंथो मिनेटमा कप्तान टोपले गोल गर्दै एपीएफलाई ४-२ को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५-२ को सानदार जित दिलाए ।

एपीएफको लिगमा यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ । एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।

एपीएफको जितसँगै पुछारको सरस्वतीलाई भने रेलिगेसनको डर भएको छ । सरस्वती ४ अंक जोडेर पुछारमा रहेको छ ।

Click to comment

Trending