Headline

अफगानिस्तान फुटबल प्रतियोगिताका लागि नेपाल नआउने

Published

on

कौशल अधिकारी, काठमाडौं

नेपालमा आयोजना हुन गइरहेको चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा अफगानिस्तानले आफू सहभागि नहुने स्पष्ट गरेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा फागुन १५ देखि २४ सम्म दशरथ रँगशालामा प्रतियोगिता हुन गइरहेको हो । प्रतियोगितामा मरिसस र पाकिस्तान सहभागिताका लागि तयार भैसकेको छ भने यसअघि अफगानिस्तानलाई प्रस्ताव राखिएको अफगानिस्तानले भने सहभागि नहुने जनाएको छ ।

अफगानिस्तानले प्रतियोगितामा सहभागि हुन नसक्ने भन्दै अखिल नेपाल फुटबल संघ लाई जानकारी गराएको छ । एन्फाले अफगानिस्तान नआउने भएपछि भुटानलाई प्रस्ताव गरिरहेको जानकारी प्राप्त भएको छ ।

अफगानिस्तानले पछिल्लो पटक नेपालमा फुटबल खेल्दा सन् २०१३ को साफ च्याम्पियनसिपको उपाधि नै जितेको थियो । साफ च्याम्पियनसिपको सेमिफाइनलमा रोहित चन्दले पेनाल्टीमा गोल गर्न चुकेपछि नेपाल अफगानिस्तानसँग हारेको थियो ।

प्रतियोगितामा चार टोलीले एक आपसमा खेल्नेछन् । राउण्ड रोविन लिगपछि शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा समुह चरणमा ६ र फाइनल गरेर कुल सात खेल हुनेछ । एकेडेमीले जनाए अनुसार प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर र दोश्रो हुने टोलीले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

Click to comment

Trending