Headline

भारतलाई स्तब्ध पार्दै बंगलादेशलाई पहिलो पटक यु१९ विश्वकपको उपाधि

Published

on

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपको फाइनलमा भारतलाई तीन विकेटले स्तब्ध पार्दै बंगलादेशले पहिलो पटक यु१९ विश्वकपको उपाधि माथि कब्जा जमाएको छ ।

डकवर्थ लुइस नियम अनुसार जीतका लागि १७० रनको लक्ष्य बंगलादेशले ४२.१ ओभरमा सात विकेटको नोक्सानीमा जीत दर्ता गर्यो ।

बंगलादेशको जीतमा ओपनर पर्भेज़ होसैनले सर्वाधिक ४७ बनाए भने कप्तान अकबर अलीले पनि अविजित ४३ रनको पारी खेले ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको भारतले यसवस्सी जैसवालको अर्धशतकको बाबजुत ४७ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १७७ रन बनायो ।

भारतको लागि ओपनर जैसवालले सर्वाधिक ८८ रन बनाए । १२१ बलको सामना गरेका उनले आठ चौका र एक छक्का प्रहार गरे ।

भारतले अर्का ओपनर दिभ्यांश जैसवाल (१७ बलमा दुई रन) लाई गुमाएर खराब शुरुवात गर्यो भने जैसवालले ६५ बलमा ३८ रन बनाएका तिलक बर्मासँग मिलेर दोश्रो विकेटका लागि ९४ रन जोडे ।एक एक छोडबाट विकेट गुमाए पनि भारत लागि जैसवालले अर्को छोड बाट रन जोडी रहे । तर ३९ दशमलब पाँच ओभरमा भारतको १५६ रन रहेको अवस्थामा जैसवाल आउट भए पछि भारत सानो योगफलमा आउट हुन पुग्यो । भारतका विकेट किपर ब्याट्सम्यान ध्रुब जुरेलले पनि ३८ बलमा २२ रनको योगदान दिए ।

भारतलाई सस्तैमा समेट्ने क्रममा अविशेक दासले सर्वाधिक तीन विकेट लिए भने शोरिफुल इस्लाम र तजिम हसन सकिबले पनि समान २-२ विकेट हात पारे ।

Click to comment

Trending