Headline

हामीले योजना अनुसार बलिङ गर्न सकेनौं : ज्ञानेन्द्र मल्ल 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली बलरहरुले योजना अनुसार बलिङ गर्न नसक्दा ओमानसँग हारको सामना गर्न पुगेको बताए ।

‘हामीले ब्याटिंङमा २५० रनको लक्ष्य दिएका थियौं । ब्याटिंङमा राम्रै स्कोर खडा सफल भयौं तर बलिङ भने सोचे अनुसार गर्न सकेनौं,’ ज्ञानेन्द्रले भने । ‘अघिल्लो दुई खेलमा ब्याटिंङले राम्रो गर्न नसकेता पनि बलिङ भने राम्रो गर्न सकेका थियौं।’

त्रिवि मैदानमा नेपाल आज ओमानसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो। सातौं जितपछि ओमान १४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । अमेरिका १२ अंक सहित दोश्रो स्थानमा रहेको छ भने नेपालले तीन मध्ये एक खेल मात्र जित्दै छैटौं स्थानमा कायमै रहेको छ ।

ओमानको जितमा इल्यास नायक रहे । उनले चार विकेट लिएपछि नेपाल ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रनमा रोकिएको थियो । जवाफमा इल्यासले कप्तान जिसान मक्सुदँग शतकीय साझेदारी गर्दै ओमानलाई ४७ दशमलव २ ओभरमै सहज जित दिलाए । ७ बर्षपछि ओमानलाई पराजित गर्ने मौकामा नेपाल आफ्नै भुमिमा पनि चुकेको हो ।

हेर्नुहोस् ज्ञानेन्द्रको पुरा भिडियो

Click to comment

Trending