Headline

मैले मेरो शतक पहिले टोली भन्दा पनि नेपाली समर्थकलाई समर्पित गरें : अकिब इल्यास

Published

on

विश्वकप लिग टु अन्तर्गत नेपालमा जारी एकदिवसीय शृंखला अन्तर्गत नेपाल बिरुद्धको दोश्रो खेलमा ओमानका अकिब इल्यासले शतक प्रहार गरे । शतक प्रहार गरे पछि उनले नेपाली समर्थक तर्फ फर्केर आफ्नो शतकको खुशियाली मनाए ।

शतक पुरा गरे लगत्तै इल्यासका लागि पाँच हजार भन्दा बढी समर्थकले उठेर ताली बजाएका थिए । उनले लामो समय सम्म दर्शकहरु तर्फ ब्याट उचाल्दै अबिवादन गरेका थिए । त्यस पछि उनले निहुरिएर टियु मैदानलाई चुमेका थिए ।

तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका इलियासले १०८ बलमा १२ चौका र एक छक्काको मद्धतमा अविजित रहँदै १०९ रन बनाए । इल्यास शतकको मद्धतमा ओमानले लगातार दोश्रो खेलमा नेपाललाई अठ विकेटको अन्तरले पराजित गर्यो । नेपाललाई सहजै पराजित गर्ने क्रममा इल्यासले तेश्रो विकेटका लागि कप्तान जिसान मक्सुद (७९ बलमा ६८ रन) सँग मिलेर १६७ रनको शाझेदारी गरे ।

खेल पछि कुरा गर्दै इलियासले नेपाली समर्थकहरुले आफुलाई पनि समर्थन गरेकोमा निकै खुशी भएको बताए । उनले भने, ‘नेपाली समर्थकहरुले मलाई निकै समर्थन गरे । मैलें अब यो जमातमा फेरी कहिले खेल्ने मौका पाउँछु थाहा छैन । नेपाली समर्थकको अघि कहिले शतक प्रहार गर्छु त्यो पनि थाहा छैन ।मेरो टोलीको अघि त फेरी पनि शतक प्रहार गर्न सक्छु । त्यसैले पनि मैंले मेरो शतक आफ्नो टोली अघि नेपाली समर्थक तर्फ फर्केर आफ्नो शतकको खुशियाली मनाए ।’

यो एकदिवसीय खेलमा उनको पहिलो शतक हो ।

हेर्नुहोस् अकिब अकिब इलियासको अन्तरर्वार्ताको पुरा भिडियो

Click to comment

Trending