१३औं दक्षिण एसियाली खेलकुद

सागमा स्वर्ण जित्ने पुरुष टोलीका प्रति खेलाडीले साढे ५ लाख पाउने

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक जित्ने नेपाली फुटबल टोलीको प्रत्येक सदस्यलाई साढे पाँच लाख रुपैया दिने भएको छ ।

मंसिर २४ मा सकिएको दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजत गर्दै उपाधि जितेको थियो । नेपालले लगातार दोश्रो संस्करणको सागमा स्वर्ण पदक जितेको हो । यस्तै महिला फुटबलको रजत पदक बिजेता महिला टोलीलाई प्रति सदस्य एक लाख ५० हजार दिने निर्णय गरेको छ ।

नेपाली महिला टोली पोखरामा मंसिर २३ गते भएको फाइनलमा भारतसँग १–० ले पराजित भएको थियो । एन्फाको आइतबार बसेको कार्य समितिको बैठकले शहीद स्मारक बि डिभिजन लिगको उपाधि बिजेताले १५ लाख रुपैया पाउने घोषणा पनि गरेको छ ।

बि डिभिजन लिगमा सहभागि क्लबलाई तयारीका लागि १० लाख पनि दिने बताइएको छ । बि डिभिनमा दोश्रो देखि चौथो स्थासम्म हात पाने टोलीहरुले क्रमशः ८ लाख, ५ लाख र ३ लाख रुपैया दिने भएको छ । यस्तै सि डिभिनको तयारीका लागि प्रत्येक टोलीले ७ लाख रुपैया प्राप्त गर्नेछन् ।

यस्तै महिला लिग फुटबल प्रतियोगिताको उपाधि बिजेताले पनि १५ लाख रुपैया पाउने भएको छ । यस्तै दोश्रो, तेश्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाउनेछन् । सागको समुहगत खेलका स्वर्ण बिजेताहरुलाई यसअघि नै सरकारले प्रति ब्यक्ति ६ लाख रुपैया दिने घोषणा गरेको थियो ।

Click to comment

Trending