Headline

नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य

Published

on

नेपालले आईसिसि क्रिकेट बिश्वकपको आफ्नो तेश्रो खेलमा ओमानलाई २ सय ५० रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा कप्तान ज्ञानेन्द्र मल्लको अद्र्धशतकसँगै अन्य ब्याट्स्म्यानहरुले पनि योगदान दिएपछि नेपालले ५० ओभमा ८ विकेट गुमाउदै २ सय ४९ रन बनायो ।
टस हारेको नेपाललाई सामान्य शुरुवता दिलाउने क्रममा ज्ञानेन्द्र र सुभाष खकुरेलले ४८ रनको साझेदारी गरेका थिए । सुभाषले ४२ बलमा २२ रन बनाए । त्यसपछि ज्ञानेन्द्र र पारस खड्कासँग दोश्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पारसले ३४ बलमा ६ चौका र एक छक्काको मद्दतमा ३८ रन बनाए ।

नेपालले एकै ओभरमा पारस र दिपेन्द्र सिँह ऐरिलाई गुमाएको थियो । ज्ञानेन्द्र दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरे लगत्तै आउट भएका थिए । उनले ७६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यसपछि आरिफ शेख, कुशल मल्ल र बिनोद भण्डारी सबैले योगदान दिएपछि नेपाल २ सय ५० नजिक पुगेको थियो ।

भण्डारीले ४७ बल खेल्दै पाँच चौकाको मद्दतमा ३५ रन बनाए । आईतबार पनि आकर्षक खेल खेलेका कुशलले २४ बलमा दुई छक्का र दुई चौका हिर्काउदै २८ रन बनाए । आरिफले ४५ बलमा २८ रन बनाए ।

ओमानका लागि अकिब इल्यासले सर्वाधिक चार र मोहम्मद नदिमले तीन विकेट लिएका थिए ।

Click to comment

Trending