Headline

पाज्जिनीले गोल गर्दा रोनाल्डो, युभेन्टस स्तब्ध

Published

on

जियाम्पालो पाज्जिनीले अन्तिम समयमा गोल गरेपछि छैटौं स्थानको हेलास भरोनाले इटालियन सिरी आ मा अग्रपंिक्तको युभेन्टसलाई स्तब्ध पारेको छ ।

लिगमा किर्तिमानी लगातार १० खेलमा गोल गर्ने क्रममा क्रिश्चियानो रोनाल्डोले युभेन्टसलाई ६५ औं मिनेटमा अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा फाबियो बोरिनीले गोल गर्दै भेरोनालाई खेलमा फर्काए । ८६ औं मिनेटमा पाज्जिनीले गोल गरेपछि युभेन्टस लिगमा सिजनको तेश्रो हार बेहोर्न पुग्यो ।

हारका बावजुद युभेन्टस अंक तालिको शिर्ष स्थानमै रहेको छ । २३ खेल खेलेको युभेन्टसको ५४ अंक रहेको छ । तर आइतबार राति इन्टर मिलानले ए सि मिलानलाई हराएको खण्डमा पहिलो स्थानमा पुग्नेछ ।

२२ खेल खेलेको इन्टरको ५१ अंक रहेको छ र गोल अन्तरका आधारमा पहिलो स्थानमा पुग्नेछ ।

Click to comment

Trending