Headline

ज्ञानेन्द्र मल्लको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक

Published

on

ज्ञानेन्द्र मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा दोश्रो अद्र्धशतक प्रहार गरेका छन् ।

आईसिसि क्रिकेट बिश्वकप लिग टुमा त्रिवि मैदानमा ओमाबिरुद्ध जारी खेलमा ज्ञानेन्द्रले ७० बलमा अद्र्धशतक पुरा गरे । उनले यसअघि नेदरल्याण्ड्सबिरुद्ध भएको नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा अद्र्धशतक प्रहार गरेका थिए ।

ज्ञानेन्द्रले ६ चौका र एक छक्का प्रहार गरेका छन् । उनले नेपाललाई राम्रो शुरुवात दिने क्रममा सभाष खकुरेलसँग ४८ र दोश्रो विकेटका लागि पुर्व कप्तान पारस खड्कासँग ५९ रनको साझेदारी गरेका थिए । पारस ३८ र सुभाष २२ रनमा आउट भएका थिए । अर्का ब्याट्स्म्यान दिपेन्द्र सिँह ऐरि भने डक आउट हुन पगे ।

Click to comment

Trending