Headline

शेर्पा सँग च्यासल स्तब्ध

Published

on

सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले च्यासललाई ३-२ ले पराजित गरेको हो।

शेर्पाको जितमा विजय गुरुङले दुई तथा त्रिदेव गुरुङले एक गोल गरे । च्यासलका हायातु वाकिनोले दुई गोल फर्काए ।

शीर्ष ६ मा स्थान बनाउन संघर्षरत च्यासलमाथि जित निकाल्दै शेर्पा क्लब दुई खेल अगावै रेलिगेशनबाट जोगिएको छ । च्यासलको भने शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको छ ।

खेलको २८ औ मिनेटमा विजयले गोल गर्दै शेर्पालाई अगाडी बढाएका थिए । त्रिदेव गुरुङले ३३ औं मिनेटमा शेर्पाको अग्रता दोब्बर बनाए ।
त्यसको चार मिनेटपछि च्यासलका हायातो वाकिनोले गोल गर्दै खेललाई २–१ को अन्तरमा झारे । ५० औ मिनेटमा विजयले ब्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३-१ काे स्थितिमा ल्याएका थिए ।खेलकाे अन्तिम समयमा हायाताेले ब्यत्तिगत दाेस्राे गाेल गर्दै च्यासलकाे हार अन्तर कम गरे ।

जितसंगै शेर्पा ११ खेलबाट १० अंक जोड्दै तालिकाको तालिकाको ११ औं स्थानमा उक्लिएको छ । च्यासल १२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ । हल्चोक मैदानमा हुने भनिएको मनाङ मर्स्यङ्दी र निउ रोड टिमको खेल भने केही करणले भोली दिउसो १ बजे एन्फा कम्प्लेक्समा हुने एन्फा जानकारी गरएको छ।

Click to comment

Trending