Headline

एकदिवसीय क्रिकेटमा कुशलको बिश्व किर्तिमान

Published

on

कुशल मल्ल आफ्नो डेब्युमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा अद्र्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

अमेरिकाबिरुद्ध आईसिसि क्रिकेट बिश्वकप लिग टु म्याचका दौरान कुशलले आकर्षक अद्र्धशतक प्रहार गरेका हुन् । यस क्रममा उनले आफ्नै देशका रोहित कुमार पौडेलको किर्तिमानलाई तोडेका थिए । शनिबार झण्डै १५ हजार दर्शकको अगाडी कुशल रोहितको स्थानमा नै खेल्न आएका थिए ।

रोहितले जनवरी २०१९ मा युएईबिरुद्ध भएको दोश्रो एकदिवसीय खेलमा अद्र्धशतक पुरा गर्दै भारतीय लिजेण्ड सचिन तेन्दुल्कर र शहीद अफ्रिदीको किर्तिमान तोडेका थिए । रोहितको उमेर १६ बर्ष १ सय ४६ दिन रहेको थियो ।

कुशलले शनिबार अद्र्धशतक पुरा गर्दा १५ बर्ष ३ सय ४० दिनको भएका छन् । इतिहास कायम गर्ने क्रममा कुशललाई भाग्यले पनि साथ दिएको थियो । उनी ३८ रनमा रहेको स्थितिमा मोनांक पटेलले मिड अनमा सहज क्याच ड्रप गरेका थिए ।

लगत्तै टियु मैदानमा दर्शकहरुले पटेल, पटेल भन्दै हुटिङ्ग पनि गरेका थिए । कुशल मैदानमा प्रवेश गर्दा नेपाल ४९ रनमा पाँच विकेट गुमाउदै निकै नाजुक अवस्थामा रहेको थियो । कुशलले नेपालका लागि गत दशैमा सिँगापुरमा भएको ट्वान्टी ट्वान्टी ट्राई सिरिजमा जिम्बाब्वेबिरुद्ध डेब्यु गरेका थिए ।

शनिबार निकै आक्रमक खेलेका कुशलले ५१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५१ रन बनाए । उनले बिनोद भण्डारीसँग छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

Click to comment

Trending