Headline

ब्रिगेडलाई हराउदै पुलिस पाचौंमा उक्लियो

Published

on

ब्रिगेड बोइज क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ ।

भरत शाहले पहिलो हाफमा गरेको गोलको मद्दतमा पुलिस अंक तालिकामा तीन स्थान माथि उक्लदै पाचौंमा पुगेको हो । पुलिसको ११ खेलबाट १७ अंक भएको छ । लिगमा पाचौं जित आफ्नो नाममा गर्दै पुलिसले समान १५ अंक रहेको न्यु रोड टिम, जावलाखेल युथ क्लब र संकटालाई उछिनेको हो । गोल अन्तरका आधारमा न्युरोड टिम छैटौं स्थानमा रहेको छ ।

पुलिसले लिगमा तेश्रो स्थानसम्म उक्लिने सम्भावनलाई भने कायमै राखेको छ । थ्रि स्टार क्लब २० अंक साथ तेश्रो र मनाङ्ग मस्र्याङ्गदी क्लब १९ अंकका साथ चौथो स्थानमा रहेको छ । मनाङ्गले एक खेल कम खेलेको छ । लिगको उपाधिका लागि अब मच्छिन्द्र र त्रिभुवन आर्मीबीच मात्र प्रतिस्पर्धा रहेको लगभग तय भइसकेको छ ।

दुई खेलमात्र खेल्न बाकी रहेको स्थितिमा आर्मीको २६ र मच्छिन्द्रको २५ अंक रहेको छ । मनाङले भने तीन खेल खेल्न बाकी रहेको छ तर उसले शिर्ष दुईमा रहेका दुवै टोलीसँग खेलिसकेको छ ।

बिहिबार भएको दोश्रो खेलमा रितिक कुमार खड्काले ब्रिगेडका लागि गोल गर्ने मौकामा चुकेका थिए । उनको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले आकर्षक ढँगले बचाउ गरेका थिए । २९ औं मिनेट निर कुमार राइको सटिक कर्नर बललाई भरतले गोलमा परिणत गरेपछि पुलिसले अग्रता लिएको थियो ।

पुलिसलाई स्पष्ट तीन अंक दिलाउन रोशनले तीन उत्कृष्ट बचाउ गरेका थिए ।

Click to comment

Trending