Headline

अनन्तको गोलमा थ्रि स्टार लिगमा तेश्रोमा उक्लियो

Published

on

अनन्त तामाङले गरेको एक मात्र गोलको मद्दतमा थ्रि स्टार क्लबले संकटा क्लबलाई १–० ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तेश्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा अनन्तले ६१ औ मिनेटमा गोल गर्दै थ्रि स्टारलाई जित दिलाएका थिए । जितपछि थ्रि स्टार ११ खेलबाट २० अंकसहित तेश्रो स्थानमा उक्लिएको छ । थ्रि स्टारको जितले एक खेल कम खेलेको मनाङ मस्र्याङ्गदी क्लब चौथो स्थानमा झरेको छ ।

शिर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २६ र दोश्रो स्थानको मच्छिन्द्र क्लबको २५ अंक रहेको छ । दुवै टोलीले बिहिबार ११ चरणको खेल सक्काएका थिए । हारपछि संकटा १५ अंंक सहित पाचौ स्थानमै कायम रहेको छ ।

पहिलो हाफमा थ्रि स्टारले बढी मौका सृजना गरेपनि गोलको अवसर भने संकटाले गुमाएको थियो । अजयी मार्टिन्स कायोडीको हेडर बललाई बिक्रम लामाले गोल लाइनबाटै क्लियर गरिदिएका थिए ।

दोश्रो हाफको शुरुवातमा लाल रामाभ्राले गोल गर्ने दुई वटा मौका गुमाएका थिए । मिक्चेन तामाङले थ्रि स्टारको लागि गोल गर्न चुके लगत्तै पाएको कर्नरमा अनन्तले गरेको प्रहार संकटाका डिफेण्डरलाई लागेर गोल भएपछि थ्रि स्टारले अग्रता लिएको थियो ।

७९ औं मिनेटमा दिपेश आले मगरले डि बक्स भित्र बल प्रहार गर्न ढिलाई गरेपछि अनन्त र गुईलामेले बल क्लियर गरिदिएका थिए । मिक्चेनले थ्रि स्टारको अग्रता दोब्बर बनाउने मौका पाएका थिए तर उनको प्रहार थोरै मात्र पोस्टबाट बाहिरिएको थियो ।

Click to comment

Trending