Headline

महारथी रियल म्याड्रिड र बार्सिलोना क्वार्टर फाइनलबाटै बाहिरिए

Published

on

स्पेनिस क्लब फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे को क्वार्टर फाइनलबाटै बाहिरिएका छन् ।

बिहिबार रातिको खेलमा रियल म्याड्रिड रियल सोसिडाडसँगको सनसनीपूर्ण खेलमा ४–३ ले पराजित हुन पुग्यो । अर्को क्वार्टर फाइनलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले हारेको थियो । बार्सिलोनालाई हराउने क्रममा इनाकी विलियम्सले दोश्रो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गरेका थिए ।

पराजयपछि बार्सिलोना लगातार ७ पटक कोपा डेल रेको फाइनल पुग्नबाट बञ्चित भएको छ । खेलमा लियोनल मेस्सीले गोल गर्ने सुनौलो मौका खेर फालेका थिए ।

यसअघि स्यान्टियागो बर्नाबाउमा भएको खेलमा रियल ५६ मिनेटसम्मको खेल सकिदा तीन गोलले पछि परेपछि स्तब्ध बनेको थियो । रियलबाटै लोनमा सोसिडाड गएका मार्टिन ओडिगार्डले २२ औं मिनेटमा गोल गरेका थिए । एलेक्जेण्डर इजाकले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि सोसिडाडले ३ गोलको अग्रता बनायो ।

५९ औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियल समर्थकहरुले केही राहतको स्वास फेरेका थिए । त्यसको १० मिनेटपछि नै मिकेल मेरिनोले गोल गरेपछि सोसिडाडले एउटा खुट्टा सेमिफाइनलमा राखिसकेको थियो । रोद्रिगो र भिनिसियस जुनियरले रियलका लागि गोल फर्काएपनि जितका लागि पर्याप्त हुन सकेन ।

Click to comment

Trending