Headline

बङ्गलादेश पहिलो पटक अण्डर १९ बिश्वकपको फाइनलमा

Published

on

महमदुल हसन जोयले आकर्षक शतक पुरा गरेपछि बङ्गलादेश पहिलो पटक अण्डर १९ बिश्वकपको फाइलनमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको पोचेफस्ट्रुममा भएको सेमिफाइनलमा बङ्गलादेशले न्युजिल्याण्डलाई ६ विकेटले पराजित ग¥यो ।

अण्डर १९ बिश्वकपमा बङ्गलादेशको यसअघिको सबैभन्दा उच्च प्रदर्शन सेमिफाइनलसम्मको यात्रा रहेको थियो । सिनियर क्रिकेटमा बङ्गलादेशको एसिया कप फाइनल र बिश्वकप क्वार्टर फाइनल अहिलेसम्म कै उच्च प्रदर्शन हो ।

उमेर समुह अन्तर्गत कुनै पनि टिम खेलमा भने बङ्गलादेशको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । फाइनलमा अब बङ्गलादेशले भारतको सामना गर्नेछ ।

पहिलो फिल्डिङ्ग रोजेको बङ्गलादेशले न्युजिल्याण्डलाई ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ११ रनमै रोकेको थियो । पहिलो दुई विकेट ३२ रनमै गुमाएपनि जोयले उत्कृष्ट इनिङ्गस खेलेपछि बङ्गलादेश इतिहास रच्न सफल भयो । बङ्गलादेशले ३५ बल बाकी रहदा नै लक्ष्य पछ्याएको थियो ।

बङ्गलादेशलाई खेल भरि नै जोयले सम्हालेका थिए । उनले तेश्रो विकेटका लागि टाउहिद ह्रिदोयसँग ६८ र चौथो विकेटका लागि शाहादत होसेनसँग १ सय १ रनको साझेदारी गरेका थिए । १ सय २७ बलको सामना गरेका जोयले १३ चौका प्रहार गरेका थिए । उनी आउट हुदा बङ्गलादेश जितबाट मात्र १२ रन टाढा थियो ।

टाउहिद र होसेनले समान ४० रन बनाएका थिए । यसअघि पहिलो ब्याटिङ्ग गरेको न्युजिल्याण्डलाई निकोलस लिडस्टोन र बेक्ह्याम ह्विलर–ग्रिनवालले पाचौ विकेटका लागि ६७ रनको साझेदारी गर्दै सम्हालेका थिए ।

ह्विलर–ग्रिनवालले ८३ बलमा ७५ रन जोडेका थिए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । लिड्स्टोनले ७४ बलमा ४४ रन बनाएका थिए । बङ्गलादेशका लागि शोरिफुल इस्लामले तीन विकेट लिए ।

Click to comment

Trending