Headline

मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा

Published

on

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने खेल्दै आएका मेलबर्न स्टार्स अष्ट्रेलियन बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ ।

क्वालिफायरमा सिड्नी सिक्सर्ससँग पराजित भएपछि दोश्रो मौका पाएको मेलबर्नले बिहिबार भएको च्यालेञ्जरमा सिड्नी थण्डरलाई २८ रनले पराजित ग¥यो । मेलबर्नको यो लगातार दोश्रो फाइनल यात्रा हो । ग्लेन म्याक्सवेलको मेलबर्न अघिल्लो बर्ष पनि फाइनल पुगेको थियो । मेलबर्नले अहिलेसम्म बिग ब्यास लिगको उपाधि जितेको छैन ।

मेलबर्नको फाइनलमा भने नेपाली बलर सन्दिप लामिछाने रहेका अनुपस्थित रहनेछन् । सन्दिप यसअघि नै नेपालमा जारी आईसिसि क्रिकेट बिश्वकप लिग टु मा सहभागिता जनाउन नेपाल आइसकेका थिए ।

मेलबर्नलाई जित दिलाउन मार्कस स्टोइनिस र निक लार्किनले ब्याटिङ्गबाट उल्लेखनीय योगदान गरेका थिए । दुवै ब्याट्स्म्यानहरुले समान ८३ रन बनाएपछि मेलबर्नले पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा मात्र दुई विकेट गुमाउदै १ सय ९४ रन बनायो ।

जवाफमा सिड्नीले ८ विकेटको क्षतिमा एक सय ६६ रन मात्र बनाउन सक्यो । सिड्नीका लागि एलेक्स रोसले सर्वाधिक ५८ रन बनाए । ३८ बलको सामना गरेका उनले तीन छक्का र उती नै चौका प्रहार गरेका थिए । हरिस रउफले सिड्नीका लागि तीन विकेट लिएका थिए भने नथान कुल्टर–नाइल र एडम जाम्पाले पनि दुई–दुई विकेट हात पारेका थिए ।

यसअघि निकै उत्कृष्ट ब्याटिङ्ग गरेको सिड्नीका लागि स्टोइनिसले दोश्रो विकेटका लागि लार्किनसँग एक सय १७ रनको साझेदारी गर्दै ठूलो स्कोरको आधार खडा गरेका थिए । स्टोइनिसले ५४ बलमा सात चौका र तीन छक्का प्रहार गरे । लार्किनले ४९ बलमा ९ चौका र तीन छक्का हिर्काए ।

Click to comment

Trending