Headline

नदिमको अर्को अद्र्धशतकपछि ओमानको लगातार दुई जित

Published

on

आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत नेपालमा जारी ट्राइ सिरिजमा ओमानले लगातार दोश्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा मोहम्मद नदिमले लगातार दोश्रो अद्र्धशतक प्रहार गरेपछि ओमानले अमेरिकालाई ६ विकेटले हरायो । टस जिती पहिलो फिल्डिङ रोजेको ओमानले अमेरिकालाई ५० ओभरमा २ सय १३ रनमै रोकेको थियो ।

अन्तिम ओभरसम्म गएको खेलमा निकै संयमता अपनाएको ओमानले सहजै लक्ष्य पछ्याउदै ४९ दशमलव तीन ओभरमा २ सय १४ रन बनायो । नेपाललाई १८ रनले पराजित गरेको पहिलो खेलमा नटआउट ६९ रन बनाएका नदिमले बिहिबार पनि ८५ बलमा नटआउट ५५ रन बनाए । उनले पाचौै विकेटका लागि सुरज कुमारसँग महत्वपूर्ण ५९ रनको साझेदारी गरेका थिए ।

सुरजले ३५ बलमा ३३ रन बनाए । दुवै ब्याट्स्म्यानले दुई चौका र एक छक्का प्रहार गरे । अमेरिकाले तेश्रो ओभरमै ओपनर जतिन्दर सिँहको विकेट लिएपनि अर्का ओपनर खावर अलि र अकिब इल्यासले ६६ रनको साझेदारी गर्दै ओमानको इनिङ्गसलाई अघि बढाएका थिए ।

कप्तान जिसान मक्सुद (११) लाई सस्तैमा गुमाएपनि इल्यासले नदिमसँग ६४ रनको अर्को साझेदारी गर्दै ओमानलाई जित नजिक लगेका थिए । जितपछि ओमान लिग टुको दोश्रो स्थानमा उक्लिएको छ । ओमानले ६ खेलमा जित हात पारेको छ । समान १२ अंक रहेको ओमान नेट रनरेटमा अगाडी रहेको छ ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको अमेरिकाले ५७ रनमै चार विकेट गुमाएपछि इयान होल्याण्ड र अक्षय होमराजले ८२ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तर्फ धकेलेका थिए । होल्याण्डले ७८ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए । होमराजले ५३ बलमा ४४ रन बनाए । उनले तीन चौका र दुई छक्का हिर्काए ।

1 Comment

Trending