Headline

आयरल्याण्डका पल स्टर्लिङ चितवनबाटै इपिएल खेल्ने

Published

on

चितवन राइनोजले एभरेष्ट प्रिमियर लिगको लागि आफ्नो दोश्रो बिदेशी खेलाडीको रुपमा आयरल्याण्डका ओपनिङ्ग ब्याट्स्म्यान पल स्टर्लिङलाई नै ल्याउने भएको छ ।

स्टर्लिङले गत सिजन पनि चितवनबाटै खेलेका थिए । गत वर्ष चितवन टाइगर्स ईपीएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रर्दशनले प्रमुख भुमिका खेलेको थियो । त्यही प्रदर्शनका कारण नै स्टर्लिङलाई चितवनले फेरि अनुबन्धन गरेको फ्राञ्चाइजले जानकारी दिएको छ । ।

स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन् । गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजस“गको ट्वान्टी २० अन्तर्राष्ट्रियमा ४ रनको विजय दिलाउन ठुलो भुमिका खेलेका थिए । त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको मद्धतमा ९५ रन बनाएका थिए ।

२९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ वानडे अन्तर्राष्ट्रिय र ७५ ट्वेन्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ट्वेन्टी २० मा २ हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १ सय ४० रहेको छ । स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टि १० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन् ।

इपिएलमा चितवनले खेलाउन लागेको स्टर्लिङ दोश्रो टेस्ट खेलाडी हुन् । यसअघि नै चितवनले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवंं विकेट किपर मोहम्मद साहजादलाई लिइसकेका छ ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् ।

“पल स्टर्लिङलाई चितवन टाइगर्सको दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गर्न पाउदा हामी निकै उत्साहित छौं, आयरल्यान्डबाट स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्, त्यस्तै प्रदर्शनको अपेक्षा हामीले उनीबाट पनि गरेका छौं, उनको आगमनले चितवन टाइगर्समा नया“ जोश प्रदान गरेको छ,” चितवन टाइगर्सले एक बिज्ञप्तिमा जनाएको छ ।

Click to comment

Trending