Headline

सरस्वतीबिरुद्ध मच्छिन्द्रको आधा दर्जन गोल

Published

on

सरस्वती युवा क्लबलाई ६–१ ले हराउदै मच्छिन्द्र फुटबल क्लबले जारी शहीद स्मारक लिगै सबैभन्दा फराकिलो अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा दिपक राइले दुई गोल गरेका थिए भने देवेन्द्र तामाङ, बिशाल राइ, अडिलाजा सोमिडे र आन्द्रेस चौन्केले पनि एक–एक गोल थपेका थिए । जारी लिगमा यसअघि सबैभन्दा फराकिलो अन्तरको जित थ्रि स्टार र एनआरटीले निकालेका थिए । दुवै टोलीले सरस्वतीलाई नै ४–० ले पराजित गरेका थिए ।

जितपछि मच्छिन्द्र पुन एक पटक अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रको ११ खेलबाछ २५ अंक भएको छ भने एक खेल कम खेलेको आर्मीको २३ अंक रहेको छ । पराजयपछि सरस्वतीमा रेलिगेसनको दवाब अझै तिब्र भएको छ । सरस्वतीको चार अंक रहेको छ । पाँच अंकका साथ १३ औं स्थानमा रहेको नेपाल एपिएफ क्लबले बिहिबारको दोश्रो खेलमा आर्मीको सामना गरिरहेका छ ।

खेलमा सरस्वतीले मच्छिन्द्रलाई ४० मिनेटसम्म रोक्न सफल भएपनि त्यसपछि गोलको बर्षा नै भएको थियो । रञ्जित धिमालको कर्नरमा देवेन्द्रले सशक्त हेडरमार्फत गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । दोश्रो हाफमा मच्छिन्द्रले अर्को पाँच गोल थप्यो ।

५४ औं मिनेटमा बिजय धिमालको पासमा दिपक राइले अग्रतालाई दोब्बर बनाएका थिए । त्यसको पाँच मिनेटपछि नै बिशाल राइले गोल गरेपछि सरस्वती ३–० ले पछि प¥यो । दिपकले ७७ औं मिनेटमा योगेश राइनको पासमा चौथो गोल गरे । ८७ औं मिनेटमा कजिम बुसारीले गोल गर्दै अग्रतालाई छोट्याए ।

थपिएको चार मिनेटको अतिरिक्त समयमा मच्छिन्द्र अर्को दुई गोल गर्न सफल भयो । सोमिरेले सरस्वतीको रक्षापंिक्तको गल्तिको फाइदा उठाउदै पाचौं गोल गरे भने चोउनकेले कर्नरमा आएको बलमा अन्तिम गोल गरे ।

Click to comment

Trending