Headline

भारत लगातार तेश्रो खेलमा आईसीसीको कारबाहीमा 

Published

on

भारतीय क्रिकेट टोली लगातार तेश्रो खेलमा अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारबाहीमा परेको छ ।

न्युजिल्यान्ड बिरुद्धको पहिलो एकदिवसीय खेलमा समय भन्दा चार ओभर ढिला गरे पछि भारत लगातार तेश्रो खेलमा जरिवाना तिर्न बाध्य भएको हो । चार ओभर ढिला भएका कारण भारतले आफ्नो म्याच फीको ८० प्रतिशत जरिवाना तिर्न पर्नेछ ।
आईसीसीको आर्टिकल २.२२ को कोड अफ काण्डक्ट अनुसार यदि कुनै पनि टोलीले खेलमा ढिला गरेको खण्डमा एक ओभर बराबर आफ्नो म्याच फीको २० प्रतिशत जरिवाना तिर्न पर्ने हुन्छ । आजको खेलमा भारतले चार ओभर ढिला गरे पछि म्याच रेफ्रीले भारतलाई ८० प्रतिशत जरिवाना लगाएका हुन् ।
यस अघि न्युजिल्यान्ड बिरुद्धको चौथों र पाँचौं ट्वान्टी ट्वान्टी खेलमा पनि भारत यस्तै जरिवानामा परेको थियो । भारत चौथों खेलमा २० प्रतिशत तथा पाँचौं खेलमा ४० प्रतिशत जरिवानामा परेको थियो ।
सन् २०१४ मा पछिल्लो पटक जरिवानामा परेको भारतले न्युजिल्यान्ड भ्रमण अन्तर्गत चौथों ट्वान्टी ट्वान्टी खेलमा करिब छ बर्ष पछि पहिलो पटक कारबाहीमा परेको थियो ।
ह्यामिल्टनमा भएको पहिलो एकदिवसीयमा श्रेयस ऐयरको शतक र केएल राहुलको अर्को आक्रमक इनिङ्गसको मद्दतमा चार विकेट गुमाउदै ३ सय ४७ रनको योगफल खडा गर्यो । जवाफमा न्युजिल्याण्डले ४८ दशमलव एक ओभरमा ३ सय ४८ रन बनायो । न्युजिल्याण्डको जीतमा रोस टेलरले ८४ बलमा १ सय ९ रनमा अविजित रहे । उनले चौथो विकेटका लागि टम लाथमसँग एक सय ३७ रनको बिशाल साझेदारी गरेका थिए । लाथमले ४८ बलमा ६९ रन बनाए ।

Click to comment

Trending