Headline

नेपालका समर्थक विश्वकै उत्कृस्ट : मोहम्मद नदिम

Published

on

ओमानका खेलाडी मोहम्मद नदिमले नेपालका समर्थक विश्वको उत्कृस्ट रहेको धारणा व्यक्त गरेका छन् ।

नेपाल बिरुद्धको खेलमा ९६ बलमा ६९ रन प्रहार गर्दै म्यान अफ द म्याच घोषित भएका नदिमले खेल पछि प्रतिक्रिया दिंदै यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘तपाईं अन्य देशमा खेल्न जानु हुन्छ भने आफ्नै देशका खेलाडीलाई मात्र समर्थन गर्ने गर्दछन् तर नेपालका समर्थकले आजको खेलमा नेपाल र नेपाली खेलाडीलाई मात्र नभएर ओमान र ओमानका खलाडीलाई पनि समर्थक गरेको देख्दा निकै खुशी लग्यो,’ नदिमले भने । ‘मलाई सबैभन्दा खुशी लागेको मैले अर्धशतक प्रहार गर्दा नेपालका समर्थकले मेरो लागि हुटिंग गरेका थिए।’

नेपाल क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको ट्राइ सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजितभएको छ । टस जिती पहिलो फिल्डिङ्ग रोजेको नेपालले ओमानलाई ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रनमा रोकेको थियो । जवाफमा नेपाल ४६ दशमलव चार ओभरमा एक सय ७९ रनमा सिमित भयो ।

हेर्नुहोस् नदिमको भिडियो

Click to comment

Trending