Headline

ब्याटिंङ नचल्दा हारको सामना गर्न पर्यो : ज्ञानेन्द्र मल्ल 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले विश्वकप लिग टु अन्तर्गत ओमन बिरुद्धको खेलमा ब्याटिंङ नचल्दा हारको सामना गर्न परेको धराणा ब्यक्त गरेका छन् ।

नेपाल आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको ट्राइ सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको छ । टस जिती पहिलो फिल्डिङ्ग रोजेको नेपालले ओमानलाई ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रनमा रोकेको थियो । जवाफमा नेपाल ४६ दशमलव चार ओभरमा एक सय ७९ रनमा सिमित भयो ।

‘टार्गेट हेर्ने हो भने १९८ रन भनेको धेरै ठुलो स्कोर होइन । तर आज हाम्रो ब्याटिंङ नचल्दा हारको सामना गर्न पर्यो,’ ज्ञानेन्द्रले भने । ‘पारस र म छिटै आउट भएम । त्यस पछि शरद (भेषावाकर) र दिप्पी (दिपेन्द्र सिंह ऐरी) ले शाझेदारी गर्दै हामीलाई खेलमा फर्काउन प्रायस गरे । तर दिपेन्द्र आउट भए पछि हामीले लगातार रुपमा तीन विकेट गुमाउँदा खेलमा फर्कन गार्हो भयो ।’

‘स्याडी (सन्दिप लामिछाने) ले केहि आक्रमक शट खेल्दै स्कोरबोर्डलाई अघि बढाए पनि शरद आउट भए पछि खेल जीत्ने सम्भावना समाप्त भयो ।’

त्यस्तै ज्ञानेन्द्रले पहिलो खेलमा हारको सामना गरेता पनि अब बाँकी खेलमा जीत निकाल्नु बाहेक अरु विकल्प नभएको बताए ।

हेर्नुहोस् ज्ञानेन्द्रको पुरा भिडियो

 

  

Click to comment

Trending