Headline

टेलरको शतकमा न्युजिल्याण्डले भारतबिरुद्ध बिशाल लक्ष्य पछ्यायो

Published

on

रोस टेलरले आक्रमक अद्र्धशतक प्रहार गरेपछि न्युजिल्याण्डले भारतबिरुद्ध ३ सय ४८ रनको लक्ष्य पछ्याउदै चार विकेटको जित हात पारेको छ ।

ह्यामिल्टनमा भएको पहिलो एकदिवसीयमा श्रेयस ऐयरको शतक र केएल राहुलको अर्को आक्रमक इनिङ्गसको मद्दतमा चार विकेट गुमाउदै ३ सय ४७ रनको योगफल खडा ग¥यो । जवाफमा न्युजिल्याण्डले ४८ दशमलव एक ओभरमा ३ सय ४८ रन बनायो ।

न्युजिल्याण्डलाई चाहिए अनुरुपको शुरुवात दिने क्रममा मार्टिन गप्टिल (३२) र हेन्री निकोल्सले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरे । निकोल्सले त्यसपछि तेश्रो विकेटका लागि टेलरसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । निकाल्सले ८२ बलमा ११ चौकाको मद्दतमा ७८ रन बनाए । त्यसपछि खेलमा टेलर छाए ।

उनले चौथो विकेटका लागि टम लाथमसँग एक सय ३७ रनको बिशाल साझेदारी गरेका थिए । लाथमले ४८ बलमा ६९ रन बनाए । उनले ८ चौका र दुई छक्का प्रहार गरे । टेलर ८४ बलमा १ सय ९ रनमा अविजित रहे । उनले १० चौका र चार छक्का प्रहार गरे ।

यसअघि भारतका लागि ६ नै जना ब्याट्स्म्यानले दोश्रो अंकमा रन बटुलेका थिए । इनिङ्गसलाई गति दिने काम भने कप्तान बिराट कोहली र ऐयरको साझेदारीले गरेको थियो । दुई ब्याट्स्म्यानले तेश्रोे विकेटका लागि एक सय २ रनको साझेदारी गरेका थिए । कोहलीले ६३ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए ।

श्रेयसले एक सय ७ बलमा एक सय ३ र राहुलले ६४ बलमा ८८ रन बनाए । उनीहरुबीच चौथों विकेटका लागि एक सय ३६ रनको साझेदारी भएको थियो । ऐयरले ११ चौका र एक छक्का, राहुलले ६ छक्का र तीन चौका प्रहार गरे ।

Click to comment

Trending