Headline

डेब्युमा भारीको उत्कृष्ट प्रदर्शन, नेपाललाई ओमानबिरुद्ध १ सय ९८ रनको लक्ष्य

Published

on

सुसान भारीले डेब्यु एक दिवसिय अन्तरराष्ट्रियमा  उत्कृष्ट प्रदर्शन गरेपछी  नेपालले आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको पहिलो खेलमा १९८  रनको सामान्य लक्ष्य पाएको छ ।

त्रि.वी क्रिकेट मैदानमा  टस जितेर जितेर पहिलो फिल्डिङ रोजेको नेपालले ओमानलाई ५० ओभरमा ११८ रनमा रोकेको थियो। ओमानलाई सस्तैमा रोक्ने क्रममा पहिलो  एक दिवसिय अन्तरराष्ट्रिय खेलिरहेका भारीले कसिलो बलिङ गर्दै तीन विकेट लिएका थिए।

भारीले दस ओभरमा मात्र १४ रन खर्चिदै ३ विकेट लिएका थिए। भारीले ओमानका कप्तान जिसान मक्सुद र सुरज कुमारलाई तीन बलको अन्तरमा पवेलियन फर्काएका थिए भने ३३ रन बनाएका सन्दिप गाउडलाई  स्टम्पिङ गराएका थिए । नेपालका करण केसीले ४  र दीपेन्द्र सिंह एरीले १ विकेट  लिए । ओमानका लागि सर्भधिक रन बनाउने क्रममा महमन्द नदिमले ६९ रन प्रहार गरे। उन्ले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

५७ रनमा ५ विकेट गएको ओमानलाई महमद नदिम र सन्दिप गउडले ६० रनको सझेदारी गर्दै इनिङ समालेका थिए

Click to comment

Trending