Headline

अभ्यास खेलमा अमेरिका नेपाली टोलीसँग पराजित

Published

on

शेर मल्लले चार र सागर ढकालले तीन विकेट लिएपछि नेपाल प्रेसिडेन्ट ११ ले आईसिसि क्रिकेट वल्र्ड कप लिग टुका लागि आएको अमेरिकी टोलीलाई ३७ रनले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा पहिलो ब्याटिङ्ग गरेको नेपालले सुभाष खकुरलेको अद्र्धशतकको मद्दतमा ३३ दशमलव पाँच ओभरमा अल आउट हुदै १ सय ११ रन बनायो । जवाफमा अमेरिकी टोली ३३ दशमलव दुई ओभरमा ७४ रनमै समेटिन पुग्यो ।

अमेरिकाको लागि स्टेभन टेलरले सर्वाधिक २८ रन बनाए भने तिमिल पटेलले २० रनको योगदान दिएका थिए । अन्य कुनै ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्पिनरलाई भरपुर सहयोग गर्ने पिचमा नेपालले ३२ दशमलव २ ओभर स्पिनरहरुबाटै गराएको थियो ।

शेरले ७ दमलव २ ओभरमा १३ रन खर्चदै चार विकेट लिए भने सागरले ८ ओभरमा १३ रन दिएर तीन विकेट लिएका हुन् । तिब्र गतिका बलर किशोर महतोले खेलमा मात्र एक ओभर पाएका थिए ।

यसअघि ब्याटिङ्ग गर्न कठिन रहेको स्थितिमा सुभाषले ८९ बलमा नटआउट ५२ रन बनाएका थिए । उनले पाँच चौका हिर्काए । सुभाषले १९ रन बनाएका पवन शर्राफसँग तेश्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । अमेरिका लागि तिमिल पटेलले पाँच विकेट लिए भने एल्मोर हचिन्सन र करिमा गोरेले २–२ विकेट लिएका थिए ।

अमेरिकी टोलीले आफ्नो पहिलो खेलमा बिहिबार ओमानसँग खेल्नेछ । नेपालले बुधबार लिग टु मै आफ्नो पहिलो खेल खेल्ने क्रममा त्रिवि क्रिकेट मैदानमा ओमानको सामना गर्न गइरहेको छ ।

Click to comment

Trending