Headline

चौथो स्थानमा उक्लने लक्ष्यसहित खेल्दै एनआरटी

Published

on

गत सिजन शहीद स्मारक ए डिभिजन लिगको पुछारमा सक्काएको एनआरटी राजु काजी शाक्यले टिम सम्हाले यता निकै बद्लिएको छ ।

रेलिगेसनको प्रावधान नभएको गएको लिगमा अन्तिम भएपछि यो सिजन एनआरटीले लिगको शुरुवातमै दुई अंक गुमाउदै प्रतियोगिता शुरु गरेको थियो । अहिले एनआरटीको १५ अंक रहेको छ तर अचम्म के छ भने उसले मङ्गलबार हुने १० औं चरणको अन्तिम खेलमा फ्रेण्ड्सलाई पराजित गरे चौथामा पुग्नेछ, अझ भनौं माथिल्लो तीन स्थानमा ठूलै उथल पुथल भए लिगकै दाबेदार सम्म पनि बन्न सक्छ ।

फ्रेण्ड्सलाई हराएको खण्डमा एनआरटी १७ अंक रहेको थ्रि स्टारलाई पछाडी धकेल्दै १८ अंकका साथ चौथो स्थानमा उक्लनेछ । अर्को महत्वपूर्ण कुरा उसले तेश्रो स्थानको मनाङसँगको दुरी एक अंकमा छोट्याउनेछ । शिर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २३ र मच्छिन्द्र क्लबको २२ अंक रहेको छ ।

मच्छिन्द्र र आर्मी एक आपसमा खेल्न बाकी नै रहेको स्थितिमा एनआरटी फ्रेण्ड्ससँग बराबरी पनि गर्न चाहदैन । त्यसैले उसको लागि मङ्गलबारको खेल निकै महत्वपूर्ण रहेको छ । १० औ स्थानमा रहेको फ्रेण्ड्सका लागि पनि जित आवश्यक रहेको छ ।

एनआरटीलाई हराएको खण्डमा फ्रेण्ड्स कम्तिमा पनि एक स्थान माथि उक्लदै नवौं स्थानमा पुग्नेछ । १४ अंक रहेको नेपाल पुलिस क्लब आठौ स्थानमा छ । पुलिसलाई पनि पछाडी धकेल्न भने फ्रेण्ड्सले ३–० को जित हात पार्नु पर्नेछ ।

तर यो लिगमा सबैभन्दा सुधारिएको टोलीको रुपमा अघि बढेको एनआरटीलाई पराजित गर्न सहज भने छैन । १–० को जित अथवा बराबरीले पनि फ्रेण्ड्सलाई सन्तुष्टि नै दिनेछ ।

Click to comment

Trending