Headline

प्रज्वलको फिचर बिश्वकै उत्कृष्ट बन्न सफल

Published

on

नेपाली खेलकुद पत्रकार प्रज्वल ओलीले लेखेको फिचर बिश्वका खेलकुद पत्रकारहरुको छाता संगठन एआईपिएस (इन्टरन्यासनल प्रेस स्पोर्टस एशोसिएसन) ले आयोजना गर्ने गरेको एआईपिएस स्पोर्टस मिडिया अवार्डमा उत्कृष्ट घोषित भएको छ ।

प्रज्वलले अंग्रेजी दैनिक दि काठामांडु पोस्टमा लेखेकोः मुस्किलले ५० खेल खेल्ने नेपालमा झण्डै दुई सय खेलसंघ (Nepal barely plays 50 different sports, but hosts nearly 200 sports associations) शिर्षकको फिचरले उत्कृष्ट कोलम घोषित भएको हो । यस क्रममा उनले स्पेनका कार्लोस माटालानाज र अर्जेन्टिनाका सेबाष्चियन इग्नेसियो टोरोकलाई पछाडी पारेका थिए ।

अवार्ड हँगेरीको राजधानी बुडापेस्टमा भएको अवार्ड समारोहमा १२ बिभिन्न बिधामा पुरस्कार दिइएको थियो । फिचरमा नेपाली खेलकुदमा पद लिएर बस्ने र बिदेश जाने लालसाका साथै राजनैतिक पार्टीका कार्यकर्ताको भर्ति केन्द्र बनाउनका लागि सम्भावना नै नबोकेका खेल संघहरु स्थापना गर्ने परिपाटीको बिषयमा लेखिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव रहेका प्रज्वल काठमांडु पोस्टका खेलकुद ब्युरो प्रमुख पनि हुन् । पुरस्कृत भएपछि प्रज्वलले आफु स्तब्ध भएको पनि बताएका थिए ।

Click to comment

Trending