Headline

ओपनिङमा धेरै समस्या भएर नै हामीले पारसलाई ओपनिङमा ल्याएका हौं : कप्तान ज्ञानेन्द्र मल्ल (भिडियो अन्तर्वार्ता सहित) 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टोलीमा राम्रा मध्यक्रमका ब्याट्सम्यानहरु रहेको धरणा ब्यक्त गरेका छन् ।
बुधबारबाट टियु क्रिकेट मैदानमा शुरु हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक शृंखला अघि कुरा गर्दै ज्ञानेन्द्रले यस्तो धारणा ब्यक्त गरेका हुन् ।
ज्ञानेन्द्रले भने, ‘हामीसँग मध्यक्रममा आरिफ (शेख), दिपेन्द्र (सिंह ऐरी ), शरद (भेषावाकर), भण्डारी (बिनोद) जस्ता ब्याट्सम्यानहरु छन् । उनीहरु सबै नै राम्रा खेलाडी हुन् र बिगतमा पनि मध्य क्रममा प्रमणित गरिसकेका छन् ।’
‘हामीसँग अहिलेको टोलीमा म र पारस बाहेक अरु ओपनरहरु छैनन् । यदि म र पारसले ओपनिङमा आएर राम्रो शाझेदारी गर्दै राम्रो शुरुवात दिन सकेको खण्डमा मध्यक्रमका ब्याट्सम्यानले खेल हाम्रो पक्ष्यमा पार्न सक्छन् ।’
हेर्नुहोस् ज्ञानेन्द्रसँगको भिडियो अन्तर्वार्ता 

Click to comment

Trending