Headline

च्यासलसँग स्तब्ध भएपछि मनाङको अपराजित यात्रामा पूर्णबिराम

Published

on

ए डिभिजन लिगको अर्को स्तब्धपूर्ण परिणाम निकाल्ने क्रममा च्यासल युथ क्लबले तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबलाई २–० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको दोश्रो खेलमा जापानी खेलाडी ताइगा नाकामुराले पहिलो हाफमा र सन्तोष साहुखलले अन्तिम समयमा गोल गर्दा मनाङले लिगमा पहिलो पराजय बेहोर्न पुग्यो । यसअघि मनाङ जारी लिगमा अपराजित रहेको एक मात्र टोली रहेको थियो ।

हारले मनाङको उपाधि रक्षा गर्ने आशामा पनि नराम्रो धक्का लागेको छ । मनाङ अब शिर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग चार र दोश्रोमा रहेको मच्छिन्द्र फुटबल क्लबभन्दा तीन अंकले पछि परेको छ । दुवै क्लबसँग खेलिसकेको स्थितिमा मनाङले अब आफ्नो खेल जितेर मात्र पर्याप्त नहुने भएको छ ।

लिगमा तीन चरणको खेलमात्र बाकि रहदा अब मनाङले आर्मी र मच्छिन्द्रको अन्य खेलहरुको नतिजामा पनि निर्भर रहनु पर्ने भएको छ । मनाङको १९ अंक रहेको छ । जितपछि च्यासल भने १२ अंक बटुल्दै नवौं स्थानमा उक्लिएको छ ।

खेलमा नाकामुराले फ्रि किकमा उत्कृष्ट गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । मनाङले धेरै अवसरहरु सृजना गरेपनि गोल भने गर्न सकेको थिएन । मनाङले अन्त्यसम्म पनि गोलको प्रयास गरेपनि च्यासलले नै अन्तिम समयमा दोश्रो गोल थपेको थियो । साहुखलले नाकामुराकै असिस्टमा सुन्दर गोल गरेका थिए ।

यसअघि सोमबारको पहिलो खेलमा जावलाखेल युथ क्लब ब्रिगेड बोइज क्लबलाई १–० ले पराजित गर्दै छैटौं स्थानमा उक्लिएको थियो । जावलखालेको संकटा र एनआरटीसँगै समान १५ अंक रहेको छ । गोल अन्तरका आधारमा संकटा पाचौं स्थानमा रहेको छ । फ्रेण्ड्सबिरुद्ध मङ्गलबार जित हात पार्न सकेको खण्डमा एनआरटी चौथो स्थानमा उक्लनेछ ।

Click to comment

Trending