Headline

मच्छिन्द्रलाई दोश्रो बाट स्थानान्तरण गर्ने दाउमा मनाङ

Published

on

मच्छिन्द्र क्लबलाई गोल अन्तरको आधारमा दोश्रो स्थानबाट स्थानान्तरण गर्ने लक्ष्य सहित मनाङ मस्र्याङ्गदी क्लब शहीद स्मारक ए डिभिन लिगमा सोमबार च्यासल युथ क्लबको सामना गरिरहेको छ ।

त्रिभुवन आर्मी क्लब सही समयमा जित निकाल्दै शिर्ष स्थानमा कायमै रहदा अंक तालिकामा मनाङ र मच्छिन्द्रबीच दोश्रो स्थानका लागि राम्रै प्रतिस्पर्धा चलिरहेको छ । नवौं चरण सकिदा समान १९ अंक रहेको मच्छिन्द्र १० औं चरणमा एपिएफलाई हराउदै दोश्रो स्थानमा कायम रहेको छ ।

तर सोमबारको खेलमा च्यासललाई २ गोलको अन्तरले पराजित गर्ने हो भने मनाङ गोल अन्तगरको आधारमा दोश्रो स्थानमा उक्लनेछ भने लिगको दाबेदरीमा पनि कायम नै रहनेछ । एक अंकले मात्रै अगाडी रहेको आर्मीलाई मनाङले १–० ले हराएको थियो ।

अन्य दुई ठूला टोली मच्छिन्द्र र थ्रि स्टारसँग २–२ गोलको बराबरी खेलेको मनाङलाई उपाधिको दौडमा कायम रहनका लागि आफ्नो जितलाई शतप्रशित कायम राख्नु पर्ने त छ नै सँगै उसका प्रतिस्पर्धी क्लबहरुले पनि बराबरी खेल्ने अथवा पराजय बेहोर्नुपर्नेछ ।

यस्तोमा मनाङ अन्य कुनै पनि क्लबसँग अंक गुमाउन चाहदैन । शुरुवाती चरणमा राम्रो खेलेको च्यासलको प्रदर्शन भने खस्किदो छ । च्यासल ९ खेलबाट ९ अंकसाथ ११ औं स्थानमा रहेको छ र अन्य टोलीले पछ्याइरहेको स्थितिमा अगाडी बढ्न चाहन्छ । तर मनाङसँग बराबरी गर्नु पनि च्यासलको लागि रामै परिणाम हुनेछ ।

एन्फा कम्प्लेक्समै सोमबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले आफ्नो महत्वपूर्ण खेलमा ब्रिगेड बोइज क्लबको सामना गरिरहेका छ । लिगमा सबैभन्दा कम गोल खाने चार मध्येको एक टोली जावलाखेल १२ अंकका साथ आठौं स्थानमा रहेको छ ।

ब्रिगेडलाई हराएको खण्डमा जावलाखेल नेपाल पुलिस क्लबलाई एक स्थान तल धकेल्दै सातौं स्थानमा उक्लनेछ । संकटा र एनआरटीको समान १५ अंक रहेपनि सोमबार जित हात पारेको खण्डमा जावलाखेल गोल अन्तरको आधारमा पछाडी रहनेछ ।

११ औ स्थानको ब्रिगेडको लागि पनि जित उति नै आवश्यक रहेको छ । जावलाखेललाई हराउन सके ब्रिगेड एक स्थान माथि उक्लनेछ भने रेलिगेसनको दवाबबाट केही मुक्त हुनेछ ।

Click to comment

Trending