Headline

रोनाल्डोद्वारा युभेन्टसको डेढ दशक पुरानो किर्तिमानको बराबरी

Published

on

त्रिष्चियानो रोनाल्डो डेढ दशकमा युभेन्टसका लागि लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

इटालियन सिरि आ अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले फियोरेन्टिनालाई ३–० ले पराजित गर्दा रोनाल्डोले दुई गोल गरेका थिए । दुवै गोल पेनाल्टीबाट भएको थियो । पहिलो हाफ र दोश्रो हाफको अन्त्यतिर पाएको दुवै पेनाल्टीमा गोल गर्दै रोनाल्डोले पछिल्लो ६ खेलमा युभेन्टसका लागि १० गोल पुरा गरेका थिए ।

तर यस क्रममा उनले सिरी आ को १५ बर्षको किर्तिमान बराबरी गर्न पुगे । फ्रेञ्च खेलाडी डेविड ट्रेजेगे पछि रोनाल्डो युभेन्टसका लागि लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी बन्न पुगे ।

गत सिजन युभेन्टस गएदेखि रोनाल्डोले क्लबका लागि ७० खेल खेल्दै ५० गोल गरिसकेका छन् । मथाइस डि लिट ले अर्को गोल थप्दा युभेन्टसले आइतबार सिरी आ मा आफ्नो अग्रतालाई कायमै राखेको छ । युभेन्टसको २२ खेलबाट ५४ अंक भएको छ भने दोश्रो स्थानको इन्टर मिलानको ५१ अंक रहेको छ ।

Click to comment

Trending