Headline

“किङ्ग अफ मेलबर्न” जोकोभिचको उत्कृष्ट पुनरागमन

Published

on

सर्बियन नोभाक जोकोभिच उत्कृष्ट पुनरागमन गर्दै अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । मेलबर्न पार्कमा पूर्ण रुपमा फाइनलका लागि फिट नदेखिएका जोकोभिचले दुई पटक आफू पछाडी परेको स्थितिमा डक्टरको सहारा लिएका थिए ।

पाँच सेट सम्म लम्बिएको अष्ट्रियन डोमिनिक थिएमसँगको फाइनलमा अन्तत जोकोभिच ६–४, ४–६, २–६, ६–३, ६–४ ले बिजयी भए । डिफेन्डिङ्ग च्याम्पियन पनि रहेका जोकोभिचको यो आठौं अष्ट्रेलियन ओपन उपाधि हो भने उनको करिअरको १७ औं ग्राण्ड स्ल्याम ।

जोकोभिच अब स्विस लिजेण्ड रोजर फेडेररको किर्तिमानी २० ग्राण्ड स्ल्याम उपाधिबाट मात्र तीन उपाधि पछि रहेका छन् भने स्पेनिस राफेल नाडालभन्दा दुई कदम । तेश्रो ग्राण्ड रुल्याम फाइनलमा पराजित भएका थिएम भने अझै पनि उपाधिको पर्खाइ मै रहन पुगेका छन् ।

रड लेभर अरिनामा थिएमले टन्नै समर्थन पाएको फाइनल जितेपछि जोकोभिचले दर्शकतर्फ हेर्दै चोरी औलाले आफ्नो ओठमा लग्दै चुप लाग्न भनेका थिए । त्यसपछि उनले सबैलाई आफ्नो बक्समा पनि हेर्न भने ।

“किङ्ग अफ मेलबर्न” को रुपमा उद्घोष गरिएपछि निकै भावुक भाषण दिदै जोकोभिचले बिध्वन्स मच्चाएको अष्ट्रेलियाको डढेलो, बिश्वमा ब्याप्त द्वन्द र अमेरिकन बास्केटबल लिजेन्ड तथा उनका मेन्टर कोबी ब्रायन्टको मृत्यको बारेमा बोलेका थिए ।

“यी सबै घट्नाहरुले हामीलाई के सम्भाउछ भने हामी सधै एक अर्कासँगै रहनुपर्छ । आफूलाई एकदम माया गर्नेहरुसँगै । जीवनमा धेरै नै महत्वपूर्ण कुराहरु छन्,” जोकोभिचले १५ हजार समर्थकलाई सम्बोधन गर्दै भने ।

Click to comment

Trending