Headline

मार्टिन्सको गोलमा संकटाको लिगमा महत्वपूर्ण जित

Published

on

अजयी मार्टिन्स कायोडको एक मात्र गोलको मद्दतमा संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा महत्वपूर्ण जित हात पारेको छ ।

दशरथ रँशालामा भएको खेलमा मार्टिन्सले खेलको २१ औ मिनेटमा गोल गर्दै संकटालाई हिमालयन शेर्पा क्लबबिरुद्ध १–० को जित दिलाए । तीन महत्वपूर्ण अंक लिने क्रममा संकटा अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

नेपाल पुलिस क्लबलाई सातौं स्थानमा धकेलेको संकटा र एनआरटीको समान १५ अंक रहेपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा रहेको हो । पुलिसको १४ अंक रहेको छ र दिनको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्न गइरहेको छ ।

खेलको १२औं मिनेटमा कमल थापा मगरले शेर्पाका लागि गोल गर्ने अवसर खेर फालेका थिए । त्यसको ९ मिनेटपछि क्षितिज राइको क्रसमा मार्टिन्सले हेडरमार्फत गोल गर्दै संकटालाई अग्रता दिलाए । ३६ औं मिनेटमा बिजय श्रेष्ठले बराबरी गर्ने मौका गुमाउन पुगे ।

दोश्रो हाफको केही समयमा नै मार्टिन्स र लक्ष्मण रुचाल गोल गर्न चुकेपछि संकटाले अग्रतालाई फराकिलो बनाउने अवसरहरु गुमाएको थियो । खेलको अन्त्यतिर बिजयले गरेको प्रहारलाई संकटाका डिफेन्डरले क्लियर गरिदिएका थिए । शेर्पा १० खेलबाट ७ अंकका साथ १२ औं स्थानमा कायम नै रहेको छ ।

Click to comment

Trending