ए डिभिजन लिग

बिभागीय भिडन्तमा आर्मी र पुलिस खेल्दै

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा शिर्ष स्थानमा फर्कन त्रिभुवन आर्मी क्लब बिभागीय भिडन्तमा नेपाल पुलिस क्लबसँग खेल्न गइरहेको छ ।

दशरश रँगशालामा हुने दोश्रो खेलमा दुवै टोलीलाई जितको उत्तिकै आवश्यकता रहेको छ । शनिबार भएको खेलमा नेपाल एपिएफ क्लबलाई पराजत गरेपछि मच्छिन्द्र क्लब अहिले लिगको शिर्ष स्थानमा रहेको छ । उसको १० खेलबाट २२ अंक भएको छ ।

एक खेल कम खेल्दै २० अंक जोडेको आर्मीलाई पुलिसले बराबरीमा मात्र रोकेपनि मच्छिन्द्र र तेश्रो स्थानको मनाङ्ग मस्याङ्गदी क्लबलाई फाइदा पुग्नेछ । आर्मीले लिगमा आफ्नो अग्रता त गुमाउने छ नै मनाङ्गले आफ्नो १० औं खेलमा च्यासललाई हराएको खण्डमा तेश्रो स्थानमा समेत धकेलिनेछ । मनाङ्गको १९ अंक रहेको छ ।

आर्मीले जितेको खण्डमा शिर्ष स्थानमा एक अंकको अग्रता भने कायम नै राख्नेछ । तर बिभागीय भिडन्तमा आर्मीलाई जितबाट रोक्न पुलिसले हरेक प्रयास गर्नेछ । घरेलु फुटबलमा संक्रमणकालमा रहेको पुलिस अनुभवी खेलाडीहरुको पुरानै लय कायम नरहदा र नयाँ अनुहार हुदा पनि औषत प्रदर्शन गर्न सफल भएको छ ।

पुलिस १४ अंक सहित अंक तालिकामा छैटौं स्थानमा रहेको छ र जित्न सकेको खण्डमा १७ अंकका साथ पाचौं स्थानमा उक्लदै एनआरटीलाई पछाडी पार्नेछ । चौथो स्थानको थ्रि स्टारको १० खेलबाट १७ अंक रहेको छ । ९ खेलमात्र खेलेको एनआरटी भने अर्को खेलमा जित हात पारेमा चौथोमा उक्लनेछ ।

आइतबार नै हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्दैछ । जितले संकटा १५ अंक सहित छैटौं स्थानमा उक्लनेछ । तर जितको सबैभन्दा धेरै आवश्यकता भने शेर्पालाई नै रहेको छ । शेर्पा ७ अंकसहित १२ औं स्थानमा रहेको छ । रेलिगेसन जोनमा रहेको सरस्वतीको १० खेलबाट चार र एपिएफको पाँच अंक रहेको छ ।

शेर्पाको ७ अंक रहेको छ ।

Click to comment

Trending