Headline

अविनाश बोहोरासँग रमाइलो कुरा

Published

on

अविनाश बोहोरा अण्डर १९ स्तरमा नखेलि राष्ट्रिय टोलीमा स्थान बनाउने निकै कम खेलाडीहरु मध्ये पर्छन् । बिनोद भण्डारी र सोमपाल कामीपछि अविनाश सिधै राष्ट्रिय टोलीमा खेल्न थालेका हुन् । उनलाई नेपालको योर्कर किङ्ग नै भन्ने गरिन्छ, कारण हो युएईबिरुद्धको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा डेब्यु गरेदेखि उनले दिदै आएको प्रदर्शन ।

गत सिजनको एभरेष्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेयता अविनाश चर्चामा रहने क्रम जारी छ । उनले पोखरा प्रिमियर लिगमा पनि बुटवल ब्लास्टर्सबाट खेल्दै लोभलाग्दो प्रदर्शन गरेका थिए । उनै अविनाशसँग क्रिकेट बाहेकको जानकारी लिनको लागि हामीले रमाइलो कुरा गरेका छौं । हेरौं उनीसँग गरिएको रमाइलो कुराः

प्र. मन पर्ने क्रिकेट खेलाडी ?
उ. पारस खड्का

प्र. क्रिकेट भन्दा बाहिरका मन पर्ने खेलाडी ?
उ. कोहि छैन

प्र. मन पर्ने हिरो ?
उ. आमिर खान

प्र. मन पर्ने हिरोइन ?
उ. कट्रिना कैफ

प्र. मन पर्ने फिल्म ?
उ. थ्री इडियट्स

प्र. मनपर्ने नेपाली ब्यान्ड ?
उ. छैन

प्र. मनपर्ने विदेशी ब्यान्ड ?
उ. छैन

प्र. क्रिकेटभन्दा बाहिर के मा रमाउनु हुन्छ ?
उ. फिल्म

प्र. तपाईको निक नेम ?
उ. अबि

प्र. कुनै ग्याजेट्स र गाडी किन्ने इच्छा छ ?
उ. कार

प्र. घुम्न जान मन लागेका स्थान ?
उ. न्युजिल्याण्ड

प्र. क्रिकेटर नभएको भए ?
उ. आर्मी

प्र. सेलिब्रेटी क्रस ?
उ. कट्रिना कैफ

प्र. चिकेन म:म कि बफ मस्म ?
उ. म म:म नै खाँदिन

प्र. नायक अथवा गायक, यी दुई मध्य के हुन चाहनुहुन्छ ?
उ. गायक

प्र. कुनै सेलिब्रेटी अथवा ब्यक्ति जसलाई भेट्ने ईच्छा छ ?
उ. आमिर खान

प्र. पहिलो कमाई ?
उ. १९ बर्षको हुँदा एपीएफसँग सम्झौता थियो र मासिक १० हजार प्राप्त गर्दथें ।

प्र. महिनामा कति कमाउनु हुन्छ ?
उ. ४० हजारको आसपास

प्र. रमाईलो नेपाली क्रिकेट खेलाडी ?
उ. सोमपाल कामी र रोहित कुमार पौडेल

प्र. भावुक नेपाली क्रिकेट खेलाडी ?
उ. करण केसी

प्र. क्रिकेटमा मिल्ने खेलाडी ?
उ. सोमपाल कामी र करण केसी

प्र. पहिलो क्रस ?
उ. स्कुलको साथी

प्र. केटी फ्यानबाट लभ म्यासेज आउँछ ?
उ. आउँदैन

प्र. राजनीतिमा भएको भए पहिलो परिवर्तन के गर्नुहुन्थ्यो ?
उ. खेलकुदको विकास

प्र. नेपाली राजनीतिज्ञलाई तपाईको केही सुझाब ?
उ. खेल र खेलाडीलाई उचित ध्यान दिनुहोला

Click to comment

Trending