Headline

मच्छिन्द्रको जित कायम, सञ्जोगले गरे पहिलो ह्याट्रिक

Published

on

रन्जित धिमालले बिजयी गोल गरेपछि शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लब पहिलो स्थानमा उक्लिएको छ ।

४३ औं मिनेटमा रमेश दङ्गालको गोलबाट पछि परेको मच्छिन्द्रलाई बिशाल राई बी ले दोश्रो हाफ शुरु भएको तीन मिनेटमै गोल गर्दै खेलमा फर्काएका थिए । ७९ औं मिनेटमा रन्जितले निर्णायक गोल गरेपछि मच्छिन्द्र बराबरीबाट बचेको थियो ।

जितपछि मच्छिन्द्र १० खेलमा २२ अंक सहित पहिलो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्मीको ९ खेलबाट २० अंक रहेको छ । मनाङ मस्र्याङ्गदी क्लब १९ अंक सहित तेश्रो र थ्रि स्टार क्लब १० खेलबाट १७ अंक सहित चौथो स्थानमा छ । एक खेल कम खेलेको एनआरटी १५ अंक सहित पाचौं स्थानमा धकेलिएको हो ।

हारपछि एपिएफलाई रेलिगेसनको खतरा अझै बढेको छ । पुछारबाट १३ औं स्थानमा रहेको एपिएफको १० खेलबाट पाँच अंक भएको छ । सरस्वती युवा क्लबको चार अंक रहेको छ ।

रंगशालामा एउटै लयमा चलिरहेको खेलमा रमेशले एपिएफलाई पहिलो हाफ सकिनु दुई मिनेट अघि अग्रता दिलाए । नविन लामाको पासमा रमेशले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए । ४८ औं मिनेटमा रन्जितकै कर्नरमा बिशाल राई बि ले गोल गरेपछि मच्छिन्द्रले बराबरी गरेको थियो ।
६ मिनेटपछि पेनाल्टी एरियाको ठ्याक्केै बाहिर पाएको फ्रि किकमा रन्जितको प्रहार अलिकतिले मात्र गोल हुनबाट चुकेको थियो । दोश्रो हाफमा मच्छिन्द्रले निकै सशक्त खेल प्रदर्शन गरेको थियो । ६८ औं मिनेटमा एपिएफका किपर राजु योगीले रञ्जित धिमाल र सोमिरेको प्रहार बचाएका थिए ।

७४ औं मिनेटमा देवेन्द्र तामाङको फ्रि किकलाई योगीले डाइभ गर्दै उत्कृष्ट ढंगले बचाए । मच्छिन्द्रले लगातार दवाब राख्दा एपिएफका राजन गुरुङले डि बक्स भित्र फल गरेपछि रेफ्रिले पेनाल्टी दिएका थिए । रन्जितको प्रहार योगीले बचाएपनि उनले फर्केर आएको बलमा गोल गरेका थिए । दुई मिनेटपछि नै रन्जित गोल गर्न चुकेका थिए ।

यसअघि भएको पहिलो खेलमा सञ्जोग राईले जारी लिगको पहिलो ह्याट्रिक पुरा गरेपछि थ्रि स्टारले सरस्वती युवा क्लबलाई ४–० को फराकिलो अन्ँतरले पराजित ग¥यो । पहिलो हाफ गोलरहित बराबरीमा रोक्न सकेपनि सरस्वतीले दोश्रो हाफमा सबै गोल खाएको थियो ।

४८ औं मिनेटमा लाल रामभ्राले थ्रि स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि सञ्जोगले ५७, ६० र ७१ औ मिनेटमा गोल गर्दै थ्रि स्टारलाई लिगकै सबैभन्दा फराकिलो अन्तरको जित दिलाए ।

Click to comment

Trending