Headline

शरद र ललित बाहिर रहदा शेर र लोकेश राष्ट्रिय टोलीमा

Published

on

आगामी महिना थाईल्यान्डमा आयोजना हुने एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोट, इस्टर्न रिजन ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १८ सदस्यिय खेलाडीको नाम सार्वजनिक गरेको छ ।

 
आज सार्वजनिक गरिएको नाममा शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् भने नेपालमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलामा पर्न नसकेका पवन सर्राफ र सन्दिप जोरा तथा लामो समय पछि भुवन कार्कीले टोलीमा स्थान बनाउन सफल भएका छन् । 
 
मध्यक्रमका ब्याट्सम्यान शरद भेषावाकर, बायाँ हाते स्पिनरद्वय ललित नारायण राजबंशी र बसन्त रेग्मीले अन्तिम १८ मा स्थान बनाउन सकेनन् ।
 त्यस्तै त्रिकोणात्मक शृंखलामा अन्तिम १८ मा पर्न सफल विकेट किपर ब्याट्सम्यान सुभास खकुरेलको नाम पनि रहेको छैन ।
 
ट्वान्टी ट्वान्टी एसिया कप छनोट ईस्टर्न रिजनको आगामी फेब्रुअरी २७ तारिख देखि मार्च सात तारिख सम्म थाईल्याण्डमा आयोजना हुने प्रतियोगिताको एसियाली क्रिकेट परिषद (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २९ तारिखमा चीनसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

प्रतियोगिताको समुह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा आयोजक थाईल्याण्डसँग मार्च एक तारिखमा खेल्ने ६ भने समुह चरणको तेश्रो तथा अन्तिम खेलमा मार्च तीनमा मलेसियाको सामना गर्ने छ ।

प्रतियोगिताको समुह बी मा हंगकंग, भुटान, सिंगापुर र म्यानमार रहेका छन् ।

 

नेपाली टोली

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिँह ऐरि

पारस खड्का

करण केसी

सन्दिप लामिछाने

बिनोद भण्डारी

अविनाश बोहोरा

सुशन भारी श्रेष्ठ

आरिफ शेख

कमल सिंह एरि

रोहित कुमार पौडेल

भुवन कार्की 

पवन सर्राफ 

कुशल मल्ल

सन्दिप जोरा 

लोकेश बम 

किशोर महतो 

शेर मल्ल 
 
 

Click to comment

Trending