Headline

७ बर्षमा ओमानबिरुद्ध पहिलो जितको खोजीमा नेपाल (हेड–टु–हेड सहित)

Published

on

माघ २२ गतेदेखि शुरु हुने आईसीसी विश्वकप लिग टु मा नेपाली राष्ट्रिय टोली ओमानबिरुद्ध पछिल्लो ७ बर्षमा पहिलो जितको खोजीमा हुनेछ ।

ओमान नेपालको लागि कुनै नौंलो प्रतिद्वन्दी होइन । एकदिवसीय अन्तर्राष्ट्रियमा भने दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् । नेपालले यस अघि ओमानसँग सात खेल खेलेको छ भने एक खेल लिस्ट ए र अन्य ६ एकदिवसीय मात्र रहेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि भने दुवै टोली पहिलो पटक खेल्न गइरहेका हुन् । पछिल्लो पटक २०१३ मा बर्मुडामा भएको खेलमा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसयता ओमान टिममा व्यापक परिवनर्त आइसकेको छ ।

ओमान दोश्रो पटक आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप खेल्न गइरहेको छ भने अहिले उसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि छ । लिग टुमा ओमान ६ खेलबाट चारमा जित हात पार्दै ८ अंकका साथ चौथो स्थानमा रहेको छ । अमेरिका ८ खेलमा ६ मा जित हात पार्दै पहिलो र स्कटल्याण्ड ९ अंक सहित तेश्रो स्थानमा रहेको छ ।

दुई टिमबीचको सात भेटमा नेपालले तीन खेल जितेको छ । धेरै जसो भारतीय र पाकिस्तानी आप्रवासीलाई समावेश गर्दै बलियो टोली बनाए यता ओमानले लगातार चार खेलमा नेपाललाई हराएको हो ।

नेपालले शुरुवाती तीन खेलमा जीत निकालेको थियो । नेपालको ओमान बिरुद्ध पहिलो भेट सन् २००२ को एसिसी ट्रफिमा भएको थियो । उक्त खेलमा १५४ रनको लक्ष्य पछ्याएको ओमनलाई ४८ रनमा रोक्दै नेपालले १०५ रनको विशाल जित दर्ता गरेको थियो ।

यी दुई टोलीको पछिल्लो भेट सन् २०१८ मा मलेसियामा आयोजना भएको एसिया कप छनोटमा भएको थियो जसमा नेपालले तीन विकेटको हार व्यहोरेको थियो । हेरौ अहिलेसम्म के रहेको छ दुई टिमबीचको स्थितिः

नेपाल बिरुद्ध ओमान – हेड टु हेड

  • एसिसी ट्रफी – जुलाई १२, २००२

नेपाल – १५३/९, ५० ओभर

ओमान – ४८/१०, ३५.३ ओभर

नेपाल १०५ रनले विजयी

  • एसिसी ट्रफी एलिट – अप्रिल २, २०१०

ओमान – १६९/९, ५० ओभर

नेपाल – १७२/४, ३८.३ ओभर

नेपाल ६ विकेटले विजयी

  • आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री – मे २, २०१३

नेपाल – १६०/९, ५० ओभर

ओमान – १३२/१०, ४६.४ ओभर

नेपाल २८ रनले विजयी

  • एसिसी प्रिमिएर लिग – मे ४, २०१४

नेपाल – १५७/१०, ४५ ओभर

ओमान – १६१/८, ४७.५ ओभर

नेपाल २ विकेटले पराजित

  • एसोसियेट्स म्याचेच – नोवेम्बेर १४, २०१५

नेपाल – १८४/१०, ४९.३ ओभर

ओमान – १८७/७, ४८.१ ओभर

नेपाल ३ विकेटले पराजित

  • आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु – फेब्रुअरी ९, २०१८

नेपाल – १३८/१०, ४६ ओभर

ओमान – १३९/४, ३५.१ ओभर

नेपाल ६ विकेटले पराजित

  • एसिया कप छनोट – मे २, २०१३

नेपाल – २२१/९, ५० ओभर

ओमान – २२४/१०, ४८ ओभर

नेपाल ७ विकेटले पराजित

Click to comment

Trending