Headline

मेस्सीको दुई गोलमा बार्साले लेगानेसलाई पाँच हान्यो

Published

on

कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोना लेगानेसलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै कोपा डेल रेको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

ला लिगामा भ्यालेन्सियासँग स्तब्ध भएको बार्साले क्याम्प नाउमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो हाफमा एन्टोइन ग्रिजमन र क्लेमेन्ट लेँगलेटले एक–एक गोल गरेपछि बार्साले दुई गोलको अग्रता लिइसकेको थियो ।

मेस्सीले त्यसपछि तेश्रो र पाचौं गोल गर्दै बार्सिलोनाका लागि आफ्नो गोल संख्या ६ सय २३ पु¥याएका थिए । आर्थरले चौथो गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि ५ सयौं खेल जितेका हुन् । अन्तिम आठमा प्रवेश गर्ने अन्य टिममा रियल म्याड्रिड, भ्यालेन्सिया, एथ्लेटिक बिल्बाओ, भिल्लारियाल, ग्रानडा, रियल सोसिडाड र मिरान्डेस रहेका छन् ।

सेभियालाई स्तब्ध पार्ने क्रममा मिरान्डेसले ३–१ को जित हात पा¥यो । कोपा डेल रेको क्वार्टर फाइनल प्रवेश गर्ने मिरान्डेस स्पेनको प्रथम श्रेणी बाहेकको एक मात्र टोली हो ।

Click to comment

Trending