अन्तर्राष्ट्रिय

न्युजिल्यान्ड बिरुद्ध भारत : जीतको खोजीमा न्युजिल्यान्ड

Published

on

घरेलु टोली न्युजिल्यान्ड र भारत बीचको पाँच खेलको शृंखला अन्तर्गतको चौथों ट्वान्टी ट्वान्टी खेल आज हुँदैछ । वेलिंग्टन हुने खेल नेपाली समय अनुसार दिउँस १२:४५ बजे शुरु हुनेछ ।

पाँच खेलको शृंखला माथि भारतले दुई खेल अघि नै कब्जा जमाइसकेको छ । शृंखलामा भारत ३-० अघि रहेको छ । बुधबार सम्पन्न तेश्रो ट्वान्टी ट्वान्टी खेलको सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पाहुना टोली भारतले शृंखला माथि कब्जा जमाएको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको भारतले पाँच विकेटको नोक्सानीमा १७९ रन बनायो भने जवाफी ब्याटिंङ गरेको न्युजिल्यान्डले पनि २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७९ रन बनाए पछि खेल बराबरीमा सकिएको थियो । सुपर ओभरको अन्तिम दुई बलमा रोहित शर्माले अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै १८ रनको लक्ष्य पक्ष्याएको भारतले जीत शुनिश्चित गरेको हो ।
पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो ।
आजको खेलमा जीत निकाल्दै भारतले शृंखलामा ४-० को अग्रता लिँदै क्लिन स्विप गर्नका लागि आधार बनाउने दाउमा रहेको छ भने तेश्रो खेलमा जीत निकाल्दा निकाल्दै हारको सामना गरेको न्युजिल्यान्ड अघिल्लो खेलको हारको बदला लिने दाउमा रहने छ ।

Click to comment

Trending