अन्तर्राष्ट्रिय

यु१९ विश्वकप : घरेलु टोली दक्षिण अफ्रिकालाई सहजै पराजित गर्दै बंगलादेश सेमीमा 

Published

on

बायाँ हाते स्पिनर रकिबुल हसनको पाँच विकेटको मद्धतमा दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपको तेश्रो क्वाटर फाइनल खेलमा आयोजक रास्ट्र दक्षिण अफ्रिका माथि १०४ रनको फराकिलो अन्तरको फराकिलो जीत हात पर्दै बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरेको छ ।
आगामी बिहिबार हुने सेमीफाइनलमा बंगलादेशले फाइनल प्रवेसका लागि न्युजिल्यान्डको सामना गर्नेछ ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २६१ रनको चुनौतीपुर्ण योगफल तयार पार्यो भने जवाफी ब्याटिंङ गरेको दक्षिण अफ्रिकाले ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १५७ रन बनाउन सक्यो ।
बंगलादेशलाई सेमीफाइनलमा पुर्याउने क्रममा रकिबुल हसनले किफायती बलिङ गर्दै सर्वाधिक पाँच विकेट हात पारे । खेलको म्यान अफ द म्याच घोषित उनले नौं दशमलब तीन ओभरमा मात्र १९ रन खर्चिए । हसन बाहेक तन्जिम हसन सकिबले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए भने शोरिफुल इस्लाम र शमिम होससैनले पनि समान १-१ विकेट हात पारे ।
दक्षिण अफ्रिकाको तर्फबाट चौथों नम्बरमा ब्याटिंङ गर्न आएका लुक बिउफोर्टले सर्वाधिक ६० तथा ओपनर जोनाथन बर्डले ३५ बाहेक अन्य ब्याट्सम्यानले बोर्डमा रन जोड्न नसक्दा फराकिलो हारको सामना गर्न पुग्यो ।
बंगलादेशका ओपनर तन्जिद हसनले सर्वाधिक ८० रन बनाए भने शाहदत होससैनले अविजित ७४ तथा तोव्हिद हृदोयले पनि ५१ रनको पारी खेले ।

Click to comment

Trending