Headline

ईपीएलमा कति पैसामा खेल्न आउँदै छन् त क्रिस गेल ?

Published

on

वेस्ट इण्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेल यहि चैतमा शुरु हुने एभरेस्ट प्रिमिएर लिग (ईपीएल) खेल्न आउने भएका छन् ।

गेल पोखरा राइनोजबाट इपिएल खेल्न गइरहेको फ्रेञ्चाइज मालिकले बिहिबार एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । बिश्व क्रिकेटमा अझै पनि सकृय नै रहेकाले गेल नेपाल खेल्न आउन लागेको अहिलेसम्मकै ठूलो नाम हुने भएका छन् ।
युनिभर्शल बोसका नामले परिचित गेल के कति रकम र कतिवटा खेल खेल्न आउन लागेका छन् भन्ने सबैलाई कौतुहलताको बिषय रहेको छ ।
क्रिकेटिंगनेपाललाई प्राप्त जानकारी अनुसार पोखराले गेलका लागि एक करोड भन्दा धेरै रकम खर्च गर्न लागेको हो । मार्च १४ तारिखबाट शुरु हुने ईपीएलका लागि गेल मार्च १२ मा नेपाल आइपुग्ने छन् ।
गेलले ७० हजार अमेरिकी डलर (आजको बिदेशी मुद्रा अनुसार करिब ८० लाख नेपाली रुपैँया) पारिश्रमिक लिने छन् । यसमा उनले १५ प्रतिशत नेपाल सरकारलाई कर तिर्न पर्ने छ । त्यस्तै पोखराले गेलको आउने जाने प्लेनको टिकटको पनि पैसा तिर्न पर्ने हुन्छ । गेलले बिजनेस क्लासमा जमैकाबाट नेपाल आउने जाने भएकाले उनको प्लेन टिकेटमा मात्र करिब १२ लाख खर्च हुने श्रोतले बतायो ।
त्यस्तै ईपीएल लगतै इण्डियन प्रिमिएर लिग (आईपीएल) पनि शुरु हुने भएकाले उनले कम्तिमा पनि चारवटा खेल खेल्ने छन् । तर आईपीएलको खेल तालिका आईनसकेकाका कारण उनले त्यो भन्दा धेरै खेल पनि खेल्न सक्ने सम्भावना रहेको श्रोतले बतायो ।
ईपीएलको अफिसियल होटल, होटल सोल्टी भएकाले गेल त्यही होटलमा नै बस्ने अनुमान गर्न सकिन्छ भने त्यसको सम्पुर्ण खर्च पनि पोखरा राईनोज फ्रेञ्चाइजले तिर्न पर्ने हुन्छ ।

 

Click to comment

Trending