Headline

फेडेररलाई हराउदै जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा

Published

on

पहिलो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि सर्बियाका नोभाक जोकोभिच रोजर फेडेररलाई पराजित गर्दै अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्न पार्कमा चोटिल फेडेरर पहिलो सेटमा ४–१ ले अघि रहदा ४०–० को स्थितिमा रहेका थिए । तर जोकोभिचले सनसनीपूर्ण पुनरागमन गर्दै खेललाई टाई बे्रकर सम्म पु¥याउदै जितेर देखाइदिए । जाकोभिचको पुनरागमनले झस्किएका फेडेरर त्यसपछि खेलमा फर्कन सकेनन् ।

जोकोभिचले खेल ७–६ (७–१), ६–४, ६–३ ले बिजयी हुन पुगे । आठौं अष्ट्रेलियन ओपनको उपाधि नजिक रहेका जोकोभिचले अब आइतबार हुने फाइनलमा डोमिनिक थिएम र एलेक्जेण्डर भेरेभको दोश्रो सेमिफाइनलको बिजेतासँग खेल्नेछन् ।

जोकोभिच १७ औं ग्राण्ड स्ल्याम जित्ने दाउमा रहेका छन् । बिश्व टेनिसमा फेडेररले सर्वाधिक २० पटक ग्राण्ड स्ल्याम जितेका छन् जसमध्ये लगातार पाँच पटकको विम्बल्डनको उपाधि पनि रहेको छ । स्पेनका राफेल नाडाल १९ ग्राण्ड स्ल्याम सहित दोश्रो नम्बरमा रहेका छन् । त्यसपछि ३२ बर्षीय जोकोभिच रहेका छन् ।

“यदि उनले (फेडेरर) ब्रेक पोइन्टलाई प्रयोग गरेको भए आजको खेल अर्कैतर्फ मोडिन सक्थ्यो । फेडेररले राम्रो शुरुवात गर्दा म भने नर्भस थिए,” जोकोभिचले खेलपछि प्रतिक्रिया दिए ।

पछिल्लो एक दशकमा जोकोभिच अष्ट्रेलियन ओपनमा मात्र तीन पटक पराजित भएका छन् । जोकोभिच र फेडेरर ५० औं पटक आमने–सामने भएका हुन् ।

Click to comment

Trending