Headline

ट्वान्टी ट्वान्टी बादशाह क्रिस गेलले पोखराबाट इपिएल खेल्ने

Published

on

ट्वान्टी ट्वान्टी क्रिकेटका बादशाह क्रिस गेलले नेपालको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् ।

गेल पोखरा राइनोजबाट इपिएल खेल्न गइरहेको फ्राञ्चाइज मालिकले बिहिबार एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । बिश्व क्रिकेटमा अझै पनि सकृय नै रहेकाले गेल नेपाल खेल्न आउन लागेको अहिलेसम्मकै ठूलो नाम हुने भएका छन् ।

गेल दुई देखि तीन वटा सम्म खेल खेल्न सक्नेछन् । गेल मार्च १२ का दिन नेपाल आइपुग्ने र इण्डियन प्रिमियर लिगको तालिका अनुसार नेपालमा खेलेर जाने जानकारी आयोजक इपिएल प्राइभेट लिमिटेडले जानकारी दिएको छ । आईपिएल भारतमा मार्च २९ देखि शुरु हुन गइरहेको छ ।

यसअघि पुर्व दक्षिण अफ्रिकी कप्तान हसिम आमला, वेष्ट इन्डिजका ड्वेन स्मिथ र श्रीलंकाका उपुल थारँगा एभरेष्ट प्रिमियर लिगमा खेल्ने पक्का भइसकेको थियो । थारँगा ललितपुर प्याट्रियट्स र स्मिथ भैरहवा ग्ल्याडिएटर्सका लागि खेल्न गइरहेका हुन् ।

आमला कुन टोलीबाट खेल्ने यसको जानकारी उनीसँग सम्बन्धित फ्राञ्चाइजले अहिलेसम्म सार्वजकि गरिएको छैन । पछिल्लो सिजन चितवन एभरेष्ट प्रिमियर लिगको एलिमिनेटरसम्म प्रवेश गरेको थियो ।

Click to comment

Trending